» » उपेन्द्र यादवले माग गर्नुभयो सविधान पुनर्लेखन


काठमाडौ असार २५ गते । उपेन्द्र यादव नेतृत्वको संघीय समावादी फोरम नेपालले समस्याको समाधान हुने गरि सविधानलाई संशाधेन एवं पुनर्लेखनको माग गरेको  छ ।
दुई दिनसम्म चलेको पदाधिकारी बैठकले यस्तो माग गरेको हो ।

संघीय गठबन्धन÷संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा सरकार समक्ष प्रस्तुत गरिएका २६ बुँदे प्रस्तावका आधारमा समानुपातिक समावेशीकरण, राष्ट्रिय पहिचानको मान्यता, समान भाषिक अधिकारका साथै प्रदेशको संख्या र सीमाङ्कन लगायत मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारु तथा अल्पसंख्यक एवं सीमान्तकृत समुदायसँग सम्बन्धित राष्ट्रिय समस्याहरुको समाधान र  सम्बोधन हुने गरी संविधान संशोधन गरिनु पर्ने फोरम नेपालले माग गरेको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियको समस्या समाधानका लागि संविधान संशोधन बाहेक अरु कुनै विकल्प नरहेको बताउनुभएको छ ।

तत्कालीन परिस्थितिमा स्थानीय तहको निर्वाचनमा सहभागिताको प्रयोजनका लागि स्थानीय तहको निर्वाचन अगावै संसदमा पेश गरिएको अधूरो र अस्पष्ट संविधान संशोधन विधेयकले राष्ट्रिय समस्याहरुको समाधान नहुने भन्दै उहाँले सो विधेयकलाई समस्याहरुको समाधान हुनेगरी परिमार्जन गरी संविधान संशोधन एवं पुनर्लेखन गरिनु पर्ने बताउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..