» » एकसत्तामा सविधान संशोधन नभए संसद छाड्ने राजपा नेताका चेतावनी

काठमाडौं, असार २४ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे आफूहरु संसदबाट राजिनामा दिइने बताउनु भएको छ ।

राजधानीमा शनिवार आयोजित कार्यक्रममा नेता यादवले वर्तमान सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने वचन दिएकोले आफूहरु अब एक हप्ताभन्दा धेरै नकुर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एक हप्ताभित्र पनि संशोधन प्रस्ताव पारित भएन भने हामी संसद छोडेर आन्दोलनमा होमिन्छौं, संसद नै छोडेपछि यो सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुन्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ताभित्र संशोधन प्रस्ताव पारित गर्ने र मुद्दा फिर्ता, सहिद घोषणा लगायतका राजनीतिक मागहरु पूरा गर्ने वचन दिएकोले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको अध्यक्ष यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो बालुवाटारमा भएको काँग्रेस, नेकपा माओवादी केन्द्र र हामीबीचको छलफलमा उहाँहरुले यस्तो आश्वासन दिनुभएको छ, त्यसैले हामी एक हप्ता पर्खन्छौं, एक हप्ताभित्रपनि भएन भने हामी सदन छोडेर सशक्त आन्दोलनमा जान्छौं, जुन आन्दोलनको कसैलेपनि कल्पना गर्न सक्दैनन् ।’

संविधान संशोधन हुन नसके १२ महिनासम्म यो सत्तारुढ गठबन्धनसँग गरेको वार्ता निरर्थक हुने बताउँदै उहाँले भन्नुभयो, जब वार्ता तथा सम्वादको कुनै औचित्य हुँदैन, अनि सबै निरर्थक हुन्छ भने हामी सरकारमा किन बसिरहनु? त्यसैले हामी सरकारबाट बाहिरिन्छौं ।’

उहाँले अहिले संसदमा दर्ता भएको संविधान संशोधन सहमतिको दस्तावेज भएको उल्लेख गर्दै एमालेले संविधान संशोधन के को लागि ? र यो राष्ट्रघाती भन्ने एमालेले पास गर्छ भनेर आफूहरुलाई विश्वास नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो पटक संशोधन गर्दापनि एमालेले खासै रुचाएको थिएन, तर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको लागि उसले बाध्य भएर पास गरेको हो ।’

उहाँले एमालेभित्र मधेशी र जनजाति नभएको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेभित्र मधेशी र जनजाति भएको भए उनीहरुको पक्षमा बोलिहाल्थे नि, खोई बोलेको ?’

अध्यक्ष यादवले हिजो निर्वाचन आयोगमा भएको दल दर्ता निर्वाचन प्रयोजनको लागि नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘दल दर्ता विधि र विधानको लागि हो, निर्वाचनको प्रयोजनको लागि होईन ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी समिति सदस्य एवम् प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलले अहिले सदनमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी रहेको तर अन्र्तवस्तुमा सहमति भए प्रस्तावको पक्षमा मतदान गरेर पारित गर्ने स्पष्ट पार्नुभयो ।

मण्डलले भन्नुभयो, ‘एमाले संशोधनको बाधक होईन, हामी संविधान संशोधन प्रस्तावको अन्र्तवस्तुमा नयाँ सहमति भए प्रस्तावको पक्षमा मतदान गर्न तयार छौं ।’ उहाँले आफ्नो पार्टी तराई मधेशमै हुर्किएको पार्टी भएकोले मधेशी जनताको माँग पूरा गर्न तयार रहेको बताउनुभयो ।

नेता मण्डलले आफ्नो पार्टीलाई हली र गोठालो ठानिए कुनैपनि हालतमा सहमत नहुने तर संविधान संशोधनको अन्र्तवस्तुमा सहमति खोजिए पास गराउन तयार हुने जिकिर गर्नुभयो । उहाँले एमालेको विश्वास जिते संशोधन प्रस्ताव पास हुने जनाउनुभयो ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद महेन्द्र यादवले संविधान संशोधन एक हप्ताभित्र पास गराउने सरकारसँग पर्याप्त आधार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक हप्ताभित्रै संशोधन प्रस्ताव पारित गराउने पर्याप्त आधारहरु छन् ।’ उहाँका अनुसार प्रस्ताव पारित हुने पहिलो आधार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको निकासको सूत्र रहेको छ ।

यादवले भन्नुभयो, ‘प्रधानमन्त्री शेरबहादुरजी चमत्कार गर्नुहुन्छ, उहाँले संशोधन प्रस्ताव पारित गर्नुहुन्छ, पास गराउने प्रक्रिया शुरु भइसकेको छ, महाकाली सन्धि र सशस्त्र विद्येयक त पारित गर्नुभयो, त्यसैले उहाँसँग खुबी छ ।’

त्यस्तै यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने सहमति भएको तर अहिले सरकारले हतार गरेको भनेर अभिव्यक्ति दिएको उल्लेख गर्दै भन्नुभयो, ‘तेस्रो चरणको निर्वाचनपछि पास गर्दा राष्ट्रघाती नहुने, अनि त्यही प्रस्ताव अघि पास हुँदा कसरी राष्ट्रघाती हुन्छ ?’

उहाँले संविधानमा सर्वस्विकार्य हुन नदिने एमालेको राण्नीति चाल चालेको समेत आरोप लगाउनुभयो । यादवले भन्नुभयो, ‘एमालेको चाल भनेको नै संशोधनलाई सबैको स्वीकार्य हुन नदिने हो, एउटा पक्षले विरोध गरिरहोस भन्ने उसको चिन्तन छ, तर एमालेको रणनीति फेल हुन्छ ।’ संशोधन प्रस्तावको पक्षमा भोट नहाले एमालेलाई ईतिहाँसले कलंकको दाग बोकाउने समेत उहाँको आरोप थियो ।

उहाँले प्रधानमन्त्री देउवाले चमत्कार गरेर संशोधन प्रस्ताव पारित गर्ने र बाँकी निर्वाचनपनि समयमै सम्पन्न गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘हेर्दै जानुहोस्, देउवाजीले चमत्कार गर्नुहुन्छ, स्थानीय तहको तेस्रो चरणको निर्वाचन, प्रदेशको र संसदको निर्वाचन उहाँले समयमै गर्नुहुन्छ ।’

उहाँलेले एमालेले अहिले गरिरहेको विरोधको राजनीति सरकारमा सहभागी हुने रणनीति मात्रै भएको टिप्पणी समेत गर्नुभयो । यद्धपी उनले एमाले प्रतिपक्षमै बस्नुपर्ने धारणा राखे । ‘किनकी मुलुकमा बलियो प्रतिपक्षपनि चाहिन्छ,’ उहाँले थप्नुभयो ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सकेसम्म एमालेको समर्थनमा नभए पनि दुई तिहाईले संविधान संशोधन प्रस्ताव पारित हुने दावी गर्नुभयो ।

राप्रपाका नेता दिलनाथ गिरीले संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने भनेर पार्टीले निर्णय गरिसकेकोले उक्त निर्णय यथावत रहेको स्पष्ट पार्नुभयो । यद्धपी उहाँले संविधान जारी गर्दाका प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रवीच संविधान संशोधनमा सहमति खोज्न सुझाउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..