काठमाडौं साउन १५ गते । सरकारले सप्तरी र पर्साका एसपीलाई सरुवा गरेको भन्दै संघीय समाजवादी फोरम नेपालका सांसद अभिषेकप्रताप शाहले आज संसदमा गृहमन्त्रीमाथि कड्किनु भयो ।
उहाँले मधेशी भएको कारणले नै राज्यले दुईजना एसपीलाई सरुवा गरेका आरोप लगाउनु भएको छ ।
२०७३ फागुन २३ गते एमालेले सप्तरीमा कार्यक्रम गर्दा एउटा घटना भएको थियो त्यहाँ मधेसीले सहादत प्राप्त गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, त्यति बेला दिवस लोहनी भन्ने एसपी त्यहाँ कार्यरत थियो । त्यो एसपीलाई हटाई अनुराग द्विवेदीलाई केन्द्रबाट पठाइयो । त्यो स्थिती नियन्त्रण गरे । सामान्य भयो । तर, आफ्नो कार्यकाल पूरा नगरिकन गृह मन्त्रालयले फिर्ता गर्यो ।’
उहाँलाई फिर्ता बोलाउनुको कारण मधेशी मूल रहेका आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, यस्तो किसिमको भेदभाव राज्यले, हाम्रो सिस्टमले नै यदि गर्छ भने यो देशको के होला सभामुख महोदय ?’
पर्साका एसपी गोविन्द साह पनि मधेसी मुलका भएका कारणले समय नपुग्दै उहाँ पनि सरुवामा पर्नु भएको उहाँले दावी गनुृभयो ।
उहाँले संसदमा भन्नुभयो, आज माननीय गृहमन्त्री पनि यही सभामा बस्नुभाछ । म जोडदार रुपले आग्रह गर्न चाहन्छु । सभामुखज्यु तपाईमार्फत नेपाल सरकारको विशेष ध्यानाकर्षण पुगोस् । यस्तो आधारहिन रवैया नबोकोस राज्यले । उहाँहरु पनि नेपाली नागरिक हुन् । उनीहरुलाई पनि उतिकै सम्मान मिल्नुपर्छ जुन अरुपनि एसपी र पदाधिकारीले पाइराख्याछन् ।’
यसरी दुईजना मधेशीलाई सरुवा गर्नु सम्वेदनशील विषय भएको आरोप बताउँदै उहाँले यसमा आफ्नो पार्टी लगायत मधेसमा बसोबास गर्दै आएका जनताको मन दुखेको बताउनुभयो । एसपीमाथि विभेद गर्ने माथि विभेद गर्नेलाई कारवाही गरी उहाँहरुलाई पुर्नवहालीको समेत उहाँले माग गर्नुभयो ।

No comments: