» » ह्रदयश त्रिपाठीको बारेमा तुलानारायणको यस्तो टिप्पणी

–तुलानारायण साह
नवगठित राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) नेता हृदयेश त्रिपाठीजीले केही यता अन्तवार्ताहरु मार्फत निरन्तर आफनो धारणा सार्वजानिक गर्दै हुनुहुन्छ । यसबीचका तीनटा अन्तर्वाता सुन्दा/पढदा केही कुराहरु स्पष्ट हुन्छ ।

पहिलो, स्थानिय तहको दोस्रो चरणको निर्वाचनपछी राजपाको पार्टी लाइन र अध्यक्ष मण्डलप्रति उहाँ निकै आक्रोशीत हुनुहुन्छ । म यसलाई क्षणिक तर स्वभाविक मान्दछु ।

दोस्रो कुरा जुन उहाँले उठाउँदै हुनुहुन्छ, त्यो साँच्चिकै गंभीर प्रकृतिको छ । मधेसी राजनीतिमा पार्टी निर्माण कसरी हुने, खासगरी राजपाको सन्दर्भमा ? राजपाले आन्दोलन र निर्वाचनलाई कसरी हेर्ने ? दुईमध्ये कुनलाई कतिबेला के आधारमा प्राथमिकता दिने र कुनलाई छाडने ? अबको राजपाको नेतृत्व कसले, कुन आधारमा गर्ने ? पुराना पार्टीहरुका बरिष्ठ नेताहरुको ब्यवस्थापन कसरी गर्ने ? यो विशुद्धरुपमा पार्टी निर्माणसँग जोडिएको प्रश्न हो ।

 मधेसी राजनीतिमा पार्टी निर्माणको बहस धेरै पहिल्यैदेखी हुनुपथ्र्यो । ढिलै भएपनि शुरुभएको छ । यो राम्रो शुरुवात भएको छ । उहाँको यो प्रश्नसँग म पूर्ण सहमत छु ।

तेस्रो पक्ष, उहाँ आफनै पार्टीका केही नेताहरु (अध्यक्ष मण्डलका सदस्यहरु) प्रति अनपेक्षितरुपमा बिष बमन गर्दै हुनुहुन्छ । सबै मानिसको आआफनै खाले बिगत हुन्छ । केही नेताको हकमा मौन बस्ने र केही नेताको बिगत कोटयाउने क्रममा जुनप्रकारको शब्दहरु चयन गर्दैहुनुहुन्छ, मलाई त्यो अशोभनिय लागेको छ । ब्यक्तिगत आक्षेपयुक्त टिप्पणीप्रति मेरो बिमती छ ।
–फेसबुकबाट

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..