काठमाडौ असार २३–पार्टी विधानमै गजेन्द्रनारायण सिंहको नाम राख्नै पर्ने अडानका कारण विवादमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल अन्ततः निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
राजपाका पाँचजना नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले पार्टीको विधान होइन, घोषणापत्रमा पनि गजेन्द्रनारायण सिहको नाम उल्लेख भए दार्ताका लागि तयार हुनेभएपछि सहमति भएको हो ।
गजेन्द्रनारायण सिंहलगायत मधेशका लागि योगदान दिने अन्य महान व्यक्तित्वहरुको नाम पार्टीको घोषणापत्रमा राख्ने सहमति बनेपछि नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेको बताइन्छ ।
राजपा नेपालका महासचिव कौशलेन्द्र मिश्रले पार्टीको घोषणापत्रमा गजेन्द्रनारायण सिहको नाम राख्ने सहमति भएपछि पार्टी दर्ताका लागि आयोग गएको बताए ।
त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले विधानमा कुनै नेताको नाम उल्लेख नगर्ने सहमति भएको छ, पछि घोषणापत्रमा राख्ने छलफल भएको बताए ।
या पनि पढ्नुस्
आन्तरिक विवादका कारण आज हुन सकेन पार्टी दर्ता

No comments: