काठमाडौं साउन ४ गते । राष्ट्रिय जनता पार्टी नेपाल सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्रसँग वार्ताका गर्नका लागि बालुवाटार पुगेका छन् ।
संविधान संशोधन तथा स्थानीय तहको चुनावको विषयमा छलफलका लागि राजपा नेपालका नेताहरु बालुवाटा पुगेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारको तयारी गरिरहेका वेला नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल सुरु भएको हो ।
बैठकमा राजपा नेपालले सविधान संशोधनको प्रकृया तथा मन्त्रीपरिषद्बाट हुने निर्णयको बारेमा छलफल गर्ने बताइएको छ ।
बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, सिता देवी यादव, विमलेन्द्र निधी, शशांक कोइरालालगायतका शीर्ष नेता सहभागि छन् भने माओवादीका तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ लगायतका नेता सहभागि छन् ।
त्यस्तै राजपाका तर्फबाट महन्त ठाकुर, अनिल झालगायतका नेता बैठकमा सहभागि भएका छन् ।

No comments: