» » उपेन्द्र यादवले भन्नुभयो, राजपाले चुनावको विरोध गरेर गलत गरेको छ

काठमाडौं, असार २६ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालले चुनावको विरोध गर्नु गलत भएको बताउनु भएको छ ।

७५% अर्थात कुल जनसंख्याको मत खसेको छ, के ती सबै गलत हुन त ?, निर्वाचन सम्पन्न भएपछि राष्ट्रिय एकता बलियो भएको छ, के त्यो गलतहो र ?’ उहाँले भन्नुभयो, हामीले राजपासँग सम्बन्ध राम्रो होस् भनेर चाहेको तर राजपा नेपालका नेताहरुले गैर–राजनैतिक अभिव्यक्ति दिएको, तल्लो स्तरको गाली÷गलौज गरेका छन्, राजपा आफै जनतामा घृणित हुनेछ ।’

उहाँले आफ्नो पार्टीले मुलुकलाई अनिर्णयको बन्दीबाट जोगाउनको लागि निर्वाचनमा भागलिएको र यसले मुलुकलाई केही हदसम्म निकास पनि दिएको दावी गर्नुभयो । ‘निर्वाचन सम्पन्नभएको छ, यसले सबैले जितेका छन्, मुलुकले जितेको छ’ उहाँले भन्नुभयो ।

‘राजनीतिमा हारजित हुनु सामान्य कुरा हो, तर निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ, यसले नेपालीहरुको छाती उँचो र चौडा भएको छ,’ यादवले भन्नुभयो, ‘यो सबैको लागि ठूलो उपलब्धि हो, जीत हो ।’

उहाँले दुई नम्बर प्रदेशमा पनि एकैचोटी निर्वाचन गर्नुपर्ने कुरामा सरकार चुकेकाले गम्भिर गल्ती भएको आरोप लगाउनुभयो । उहाँले असोज २ गते हुने स्थानीयतहको तेस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टीले भाग लिने स्पष्ट पार्दै भन्नुभयो, ‘तेस्रो चरणको निर्वाचन मात्रै होईन, हामी प्रदेशको र संसदको निर्वाचनमा पनि भाग लिन्छौं ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..