» » राजपा नेपालमा नेतृत्वको विवाद

विराटनगर साउन ४ गते । मोरङमा राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्व कसले गर्ने विषयमा विवाद चुलिएको छ ।

अध्यक्षमण्डलका दुई समहुले एकले  अर्कोलाई कारबाही गरेको घोषणा गरेका छन् ।

अध्यक्षमण्डलमा सदस्य राधे कामतले सोमवार पत्रकार सम्मेलन गरी आफुलाई अध्यक्षमण्डलको संयोजक घोषणा गर्नुभएको थियो ।

भोलिपल्टै मंगलबार अध्यक्षमण्डलका संयोजक मोहम्मद कादिर समुहले पत्रकार सम्मेलन गरी कादिर  नै संयोजक रहेको भन्दै कामतलाई कारबाही सिफारिस गर्ने बताउनु भएको छ ।

यसअघि कामतले आफुलाई संयोजक दावी गर्दै कादिरसहित केही केन्द्रीय नेतालाई कारबाही गरेको घोषणा गर्नुभएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..