» » राजपा नेपालका नेताहरुले प्रधानमन्त्री देउवालाई भन्नुभयो, चुनावको वतावरण बनाउनुस् हामी चुनावमा आउन तयार छौ

काठमाडौ असार २३ गते । राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताधारी दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच आज बालुवाटारमा वार्ता भएको छ ।


वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेपाल चुनावमा भाग लिन्छ कि लिदैन भनि जिज्ञासा राख्नु भएको थियो ।


त्यसको जवाफमा राजपा नेपालका नेताहरुले आफूहरु चुनावका तयार रहेको तर सरकारले नै वतावरण नबनाएको कारण बाहिर रहनु भएको गुनासो गर्नुभएको थियो ।

सरकारले आफूहरुसँग पटक पटक वार्ता गरेर माग पूरा गर्ने, आज गर्ने भोली गर्ने भन्दै आइरह्यो तर माग कहिले पूरा भएन त्यसैले आफूहरु चुनावमा भाग नलिएको उहाँहरुले स्पष्ट पार्नुभयो ।

अब हुन लागेको तेस्रो चरणको चुनावका लागि पनि सरकारले नै वतावरण बनाउनुपर्छ, सहारा टाइम्ससँग कुरा गर्दै राजपा नेपालका अध्यक्ष महेन्द्र राय यादवले भन्नुभयो, हामीसँग गर्नुभएको तीन बुँदे सम्झौता अनुसार माग पूरा गर्नुस् हामी चुनावमा भाग लिन्छौ, स्पष्ट रुपमा भनियौं ।’

वतावरण बनाउने काम सरकारको हो, यदि मधेशवादी दललाई चुनावमा भाग लियोस भनि चाहेका छन् भने सविधान संशोधन लगायतका मागहरु पुरा गरोस् हामी चुनावमा भाग लिन्छौ, यादवले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले पनि सम्पूर्ण माग पूरा गर्ने प्रतिवद्धता जनाएको राजपा नेपालका नेताहरुले जानकारी गराउनुभएको छ । माग पूरा गर्नका लागि केही समय लाग्छ तर माग पूरा हुन्छ देउवाले भनेको कुरा एक नेताले सुनाउनुभयो ।

राजपा नेपालका नेताहरुले शुक्रवार नै दल दर्ता गराएर वार्ताका लागि बालुवाटार जानु भएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..