» » अख्तियाबाट डामिएका शिक्षा अधिकारी महेन्द्र महतोको यस्तो छ भ्रष्टाचारको जालो

जनकपुर साउन ११ गते । जनकपुरका पत्रकारहरुले अञ्चल अस्पतालको सुधारका लागि गरिरहेको प्रयासको चर्चा चलिरहेकै बीचमा धनुषा जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोको चर्चा पनि बाहिर आएको छ ।

अधिकारी महतोले शिक्षा कार्यालयमा रहेर गरेको भ्रष्टाचारी सिरहादेखि धनुषासम्म चर्चाको विषय बनेको छ । उनले शिक्षा कार्यालय अन्तरर्गत रहेका विभिन्न परियोजनाहरुमा पनि अनियमितता गरिरहेको पनि आरोप लाग्दै आएको छ ।

जिशिअ महतो सिरहामा जिल्ला शिक्षा अधिकारी रहँदाको अवस्थामा नियमविपरीत ८० जना शिक्षकबाट २÷२ लाखका दरले रकम लिई जिलान्तर सरुवा गरेको, जिल्ला शिक्षा समितिको निर्णय बिनानै २÷२ लाखमा राहत दरबन्दी बितरण गरेको, ६२ जना शिक्षकलाई सरुवा पद स्थापना, २८ जना शिक्षकलाई काज सरुवा र ४५ जना शिक्षकलाई निमित प्र.अ. बनाई प्रत्येक शिक्षकबाट २५ देखि ३० हजार सम्मको रकम असुल गरेको आरोप सहित अख्तियारमा उजुरी परेपछि सोको खुलाशा भएको हो ।


२०७२ आश्विन ६ गते देखि २०७३ आश्विन १६ गते सम्म अर्थात १ वर्ष १० दिन सिरहामा बसेका जिशिअ महतोले कन्या प्रा.वि. सिरहामा २ ब्लक निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट रकम निकासा भएको भए पनि तत्कालिन प्र.अ. राम अधिन यादवले एक मात्र ब्लक निर्माण गरी एक ब्लकको रकम र उक्त विद्यालयमा कार्यरत शिक्षकहरुको सञ्चयकोष र विमाका रकम जम्मा नगरी हिनामिना गरेको आरोप उहाँमाथि लाग्दै आएको छ ।




यसअघि अधिकारी महतो सर्लाहीका जिशिकामा छदाँ पदीय दुरुपयोग गरी करोडौंको रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारबाट निलम्बन पर्नुंभएको थियो । जिशिअ महतोले पदीय दुरुपयोग गरी करोडौंको भ्रष्टाचार गरेको दाबी सहित अख्तियारले महतो विरुद्ध विशेष अदालतमा मुद्दा हालेका थिए । पछि अधिकारी महतो निलम्बन मुक्त हुनु भएको थियो ।

विद्यालय निरीक्षकबाट जागिरमा प्रवेश गरेका महतो सामान्य किसान परिवारका व्यक्ति हुनुहुन्छ तर उहाँ सिरहा सदरमुकाममा करोडौंको ३ तल्ले घर, विभिन्न शहरमा जग्गा जमिन रहेको स्रोतले बताउनु भएको छ ।
यता धनुषाको शिक्षा क्षेत्रमा हुने हरेक भ्रष्टाचारीमा उहाँको नाम मुछिने गरेको छ । 

एक साता अगाडी सहायक जिशिअ मिहिलाल यादवलाई उहाँकै कार्यकक्षमा नासु अनिल रायले चप्पले कुटपीट गर्नुभयो । तर हालसम्म अनिलमाथि विभागीय कारवाहिको प्रक्रिया समेत अगाडी बढाउनु भएको छैन । अभियुतm अनिललाई १५ दिनको बिदा स्वीकृत गरेर कानुनी कारबाहीको लागि स्थानीय प्रशासनलाई जिशिअ महतोले  असहयोग गर्नुभएको प्रष्ट छ । घटनाको ढाकछोप गर्नका लागि सम्बन्धित पक्षलाई प्रभाव पार्न महतोले कुनै कसर बाँकी नराखेको स्थानीय शिक्षकहरु बताउनु हुन्छ ।

जिशिअ महतोले गर्ने हरेक अबैध कार्यमा प्रमुख सहयोगीको रुपमा अनिल रहने गरेको स्रोतको दावी छ । शिक्षा कार्यालयका एक कर्मचारीका अनुसार बिगत छ महिनाभित्र करिब एक करोड रुपियाँ अबैध तरीकाले असुल गरी जिशिअ महतोलाई अनिलले बुझाएको अबस्था छ ।

यस बिषयमा सहायक जिशिअ यादवले भन्नुभयो —जिल्ला शिक्षा कार्यलय धनुषामा भ्रष्टाचार संस्थागत  र संस्कार भईसकेको छ । केहि दिन भित्रै तीनवटा शिक्षकको जिलान्तर सरुवा गरिएको छ । प्रत्येक शिक्षकसँग दुईदेखि तीन लाख रुपिँयासम्म अनिलमार्फत जिशिअले अबैध तरिकाले असुल गर्नुभएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..