» » ११ वर्षिया बालिकालाई करणीको आरोपमा युवक पक्राउ

भोजपुर, साउन ४ गते । अरुण गाउँपालिका–५, याकु, भोजपुरकी ११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ परेका छन् ।

गर्भवती बालिकाले न्यायका लागि प्रहरीमा उजुरी दिएपछि २० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई मङ्गलबार पक्राउ गरी प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

गत असार पहिलो साता गर्भवती भएको थाहा भएपछि समाज भेला गरेर जिम्मा लगाएको भएपनि केटा पक्षले धरानमा काकाको घर लाने भनी लगेको र केटा बेपत्ता भएको बालिकाको परिवारले बताएको छ ।

“महिला विकास अधिकृत पुष्पलता उप्रेतीका अनुसार गर्भवती बालिकाको स्वास्थ्य एकदमै जटिल भएको र बालिकाले पढ्ने इच्छा राखेको हुँदा कुन संस्थामा राख्ने भन्ने निर्णय हुन सकेको छैन ।”

यता प्रहरी नायब उपरीक्षक आचार्यका अनुसार युवकलाई नियन्त्रणमा लिइसकेकाले कानुनी कारबाही हुनेछ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..