» » एमालेका नेता कुर्मी फोरम नेपालमा प्रवेश

काठमाडौं साउन २ गते । संघीय समाजवादी फोरम नेपालमा पर्सा वीरगन्ज एमालेका प्रभावशाली नेता सुन्दर प्रसाद कुर्मी प्रवेश गर्नुभएको छ । 

वीरगञ्ज महानगरको मेयरका लागि नेकपा एमालेबाट प्रस्तवित सुन्दर कुर्मीले पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गर्नुभएको हो । 


एमालेको भातृ संगठन लोकतान्त्रिक मधेसी संगठनको पर्सा जिल्ला अध्यक्ष समेत रहेका कुर्मीले एमालेको साधरण सदस्यता समेत परित्याग गरि फोरम नेपालमा प्रवेश गर्नुभएको हो । 

गत असार १४ गते नेता कुर्मीले वीरगन्जमा पत्रकार सम्मेलन गरी एमाले परित्यागको घोषणा गर्नुभएको थियो ।  

फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा सोमवार आयोजित एक समारोहमा पार्टी अध्यक्ष उपेन्द्र यादवले अबीर खादा ओढाएर नेता कुर्मीलाई स्वागत गर्नुभयो । 

सो अवसरमा फोरम नेपालका उपाध्यक्ष युवराज कार्की, महासचिवद्धय रामसहाय यादव र रणध्वज कन्दङ्वा, सांसद अभिषेक प्रताप शाह र फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको विशेष उपस्थिति थियो ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..