» » एमालेमा प्रवेश गर्नुभएका नेताको राजपाको कार्यसमितिमा

काठमाडौ असार ३० गते । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगमा बुझाएको पार्टी कार्यसमितिको नाममा पार्टी छाडेर एमाले पार्टीमा गइसकेका नाम पनि समावेश गरेको छ ।

 राजपा नेपालका कोषाध्याक्ष अनिता यादव, सहमहासचिव समिम मियाँ अन्सारी, केन्द्रीय सदस्य राजेश्वर महासेठ दल छाडेर एमालेमा प्रवेश गरिसकेका छन् तैपनि उनीहरुको नाम राजपा नेपालको कार्यसमितिमा उल्लेख गरिएको छ ।

राजपा नेपालले दल दर्ताका लागि असार २३ गते निर्वाचन आयोगमा निवेदन दिएपछि असार २८ गते बुझाएको कार्यसमिति सदस्यको सूचिमा उहाँहरुको नाम पनि समावेश भएको हो ।

राजपा नेपालका सहमहामन्त्री रहेका समिम मियाँ अन्सारी जेठ १३ गते नै सो पार्टीबाट राजिनामा दिएर एमाले पार्टीमा प्रवेश गर्नुभएको थियो भने । राजपा नेपालका कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ असार ४ गते सो पार्टी छाडेर एमालेमा प्रवेश गरिसक्नु भएको छ ।

राजपा नेपालका वरिष्ठ नेता रामनरेश राय यादवले जो पार्टी छाडेर  गइसकेका छन् उसनको नाम राख्नु गलत भएको प्रतिकृया दिनुभयो । चाँडै  नै त्यसको बारेमा छलफल गरी नाम हटाउन लगाउने बताउनुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..