» » राजपा नेपाल ८१५ सदस्यीय कार्यसमिति, कसको भागमा कति ?

काठमाडौ असार २८ गते । राष्ट्रिय जनता पार्टी नेपालको कार्यसमिति ८१५ सदस्यीय केन्द्रीय कार्यसमिति हुने भएको छ । त्यसमध्ये १३४ पदाधिकारीमात्र रहेका छन् भने ६८१ जना केन्द्रीय सदस्य छन् ।
निर्वाचन आयोगमा आयोगमा बुझाएको कार्यसमितिको सँख्या यस्ता छन् ।

अध्यक्ष ६ जना, वरिष्ठ नेता तीनजना, वरिष्ट उपाध्यक्ष आठजना, उपाध्यक्ष २४ जना, महासचिव ३१ जना, सहमहासचिव ३४ जना, सचिव १२ जना, कोषाध्यक्ष ५ जना रहेका छन् ।

त्यस्तै, सहकोषाध्यक्ष दुईजना रहेका छन् भने प्रवक्ता र सहप्रवक्ता ६–६ जना रहेका छ । त्यसमा केन्द्रीय सदस्य ६८१ रहेका छन् ।

छवटा दलले एकीकरण गरिसकेपछि पनि आआफ्नो दलमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरु भर्ति गरेका छन् । महन्थ ठाकुर नेतृत्वको तमलोपाले दुईसय १५ जनाको नाम बुझाएको छ, त्यसमध्ये २५ जना पदाधिकारी रहेका छन् ।

त्यस्तै राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले एकसय ६८ जनाको नाम पठाएका छन् त्यसमध्ये ३३ जना पदाधिकारी रहेका छन् ।

महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीले १३१ जनाको नाम पठाएको छ त्यसमध्ये १९ जना पदाधिकारी रहेका छन् ।

त्यसैगरि, शर्तसिह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीले एकसय एकजनाको नाम पठाएको छ त्यसमध्ये १५ जना पदाधिकारी रहेका छन् ।

अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टीले एकसय ६० जनाको नाम पठाएको छ त्यसमध्ये २८ जना पदाधिकारी रहेका छन् । राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिकले ५० जनाको नाम पठाएको छ त्यसमध्ये १४ जना पदाधिकारी रहेका छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..