» » आन्तरिक विवादका कारण आज हुन सकेन पार्टी दर्ता

काठमाडौ असार २१ गते । राष्ट्रिय जनता पार्टी नेपाल पार्टीको विधानमा विवाद भएको कारणले बुधवार हुने भनिएका पार्टी दर्ता हुन सकेन ।

निर्वाचन आयोग नेपालमा ११ बजे गएर पार्टी दर्ता गराउने दलका अध्यक्ष मण्डलहरुको बीचमा मंगलवार नै सहमति भएको थियो ।

राजपा नेपालको पार्टी कार्यालयमा आएर अध्यक्ष मण्डलका छजना सदस्यले हस्ताक्षर गर्ने निधो भएको थियो । अध्यक्ष मण्डलका सदस्य शरतसिह भण्डारी र महेन्द्रराय यादवले मंगलवार नै हस्ताक्षर गर्नुभएको थियो । बाँकी तीनजनाले बुधवार हस्ताक्षर गर्नुभयो तर अध्यक्ष मण्डल सदस्यमध्ये अनिल झाले हस्ताक्षर गर्न नमानेपछि दर्ता प्रकृया अवरुद्ध भएको हो ।


अध्यक्ष मण्डलका सदस्य झाले पार्टी विधानको प्रस्तावनामा नै नेपाल सद्भावना पार्टीका संस्थापक स्व.गजेन्द्रनारायण सिहको नाम उल्लेख गर्नुपर्ने अडान लिनुभएको छ जो अन्य सदस्यहरु मान्नुभएको छैन ।

तराई मधेशका लागि योगदान दिनुभएका गजेन्द्रनारायण सिहलगायत थुप्रै व्यक्तित्वको योगदान रहेको छ ती सबै स्मरण गर्न लायकका छन् तर विधानमै सबैलाई स्मरण गर्न नसकिने तर्क नेताहरुले गर्नुभएको छ ।

बरु पार्टीको घोषणापत्रमा मधेशका लागि योगदान दिनेहरुमा समावेश गराउन सकिने छलफलमा उठेको हो ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले बाहिर आएको जस्तो विवाद पार्टीभित्र नरहेको दावी गर्दै भन्नुभयो, विश्वका कुनै पनि दलको विधानमा पार्टीका नेताहरुको नाम उल्लखे हुँदैन, बरु पार्टीको घोषणापत्रमा उल्लेख गर्न सकिन्छ तर विधानमा सम्भव छैन तर यस विषयमा छलफल जारी छन् ।’

यसअघि कार्यदलले तयार पारेको विधानमा गजेन्द्रनारायण सिहलगायतका मधेशका लागि योगदान दिएका अन्य व्यक्तिहरुको नाम समेत उल्लेख गरेका छन् । तर अध्यक्ष मण्डलको बीचमा छलफल हुँदा त्यो हटाइएको छ । अध्यक्ष मण्डलका सदस्य अनिल झाले भन्नुभयो, गजेन्द्रनारायण सिहको नाम पाटीको विधानमा राख्नुपर्छ भन्ने मेरो प्रस्ताव मात्र होइन, राजपा नेपालले गठन गरेको कार्यदलले तयार पारेको विधानमा उल्लेख गरेको कुरा लागु हुनुपर्छ भनेको मात्र हुँ ।’

छवटा पार्टी मिलेर राजपा नेपाल बनेको हो, नेपाल सद्भावना पार्टीको नाम आउँदा गजेन्द्रनारायण सिहको नाम मात्र आउँछन्, अरु पार्टीको नामसँग अरु कसैकसैको नाम आउन सक्छ, त्यसैले नेपाल सद्भावना पार्टीसँग गजेन्द्रनारायण सिंहको नाम उल्लेख गर्न भनेको अध्यक्ष झाले प्रतिकृया दिनुभयो ।

पार्टी दर्ता गराउन जाने तयारी गर्न बसेका अध्यक्ष मण्डलहरुबीच यिनै विषयहरुमा छलफल हुँदा ढिलो भयो र आयोग जान सकेन । अध्यक्ष झाले आपसमा छलफल गरेर मात्र हस्ताक्षर गर्ने भनेपछि बुधवारको बैठकमा कुनै सहमति हुन सकेन । विहिवार पुनः बैठक बसेर छलफल गरेर पार्टी दर्ता गराउन जाने भएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..