काठमाडौ असोज ३१ गते । छ दल एकीकृत भएर बनेको राष्ट्रिय जनता पार्टी नेपालले झण्डै तीन महिनापछि आयोगबाट दलको आधिकारिकता प्राप्त गरेको छ ।
बैशाख ७ गते गठन भएको राजपा नेपालले असार २३ गते दल दर्ताका लागि निवेदन दिएको थियो । सो निवेदनमाथि छानविन गरि आयोगको आज बसेको बैठकले राजपा नेपाललाई आजैका मितिदेखि लागू हुने गरी दर्ता गरेको जानकारी गराएको छ ।
राजपा नेपालका महासचिव केशव झाले दल दर्ताका आधिकारिकता आजै प्राप्त भएको हो र आजैको मितिबाट त्यो लागु पनि भएको बताए ।
मधेशीम मोर्चामा रहेका तमलोपा, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक मिलेर बैशाख ७ गते राजपा नेपाल बनाएको थियो ।
८१५ सदस्यीय कार्यसमिति बनाएको सो राजपा नेपालमा अध्यक्ष मण्डलमा ६ वटै पार्टीका अध्यक्षहरु रहनु भएको छ ।

No comments: