» » सफल प्रचण्ड (सम्पादकीय)

२०७३ साउन १९ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदमा विजय हुँदा उहाँ २०६४ सालमा भएको प्रधानमन्त्री हुँदा र यसबेला भएको प्रधानमन्त्रीको मुहारमा निकै फरक देखिएको थियो । त्यतिबेला जनयुद्धको युद्धरत मानसिकता मनमा बोकेर प्रधानमन्त्री कुर्सीमा आसिन हुनुभएको थियो ।

र, त्यहीबेर त्यतिबेला सोचेजति काम गर्न सक्नुभएन र रुक्माङ्गत कट्वाल काण्डका कारण राजिनामा दिनुपरेको थियो तर यसपटक उहाँहरु फरक रुपमा प्रस्तुत हुनुभयो । उहाँले गरेको वाचाहरु पूरा गर्नुभयो ।


प्रधानमन्त्रीमा आउने वित्तिकै पत्रकारहरुसँग कुरा गर्दा उहाँले पहिलो पटक प्रधानमन्त्री हुँदा गर्न खोजेका कामहरु गर्न सकेका थिइनन्, अब ती कामहरु पूरा गर्ने प्रतिवद्धता जनाउँदै चार कुरा अघि सार्नु भएको थियो, संविधान कार्यान्वयन, स्थानीय चुनाव, भूराजनीतिक सन्तुलन र विकास निर्माण परियोजना । यी चार विषयलाई पूरा गर्न उहाँ इमान्दारीताका साथ लाग्नु भयो र पूरा पनि गर्नुभयो ।

उहाँ पहिलो पटक प्रधानमन्त्री बनेको बेला जस्तो विवादमा नआएको होइन तर उहाँले आवेगमा आउनु भएन हरेक कुरालाई उहाँले दिमागले सोच्नुभयो र समाधान गर्नतिर लाग्नुभयो । अख्तियार प्रमुख लोकमान कार्की, प्रधानन्ययाधिश सुशिला कार्की, आइजीपी नियुक्त जस्ता विवादले प्रचण्डलाई घेर्न प्रयास भएकै हो तर उहाँ ती घेरालाई तोडेर अगाडि बढ्नु भयो । र, सफल प्रधानमन्त्रीको रुपमा दर्ज हुनुभयो ।

दोस्रो पटक प्रधानमन्त्रीको कार्यकाल १० महिना पूरा गरेर सत्ता साझेदार काँग्रेसलाई सरकार सुम्पने गरि राजिनामा दिनुभएका प्रधानमन्त्री प्रचण्डको हाइट झनै बढ्यो ।

जेठ १० गते उहाँले राजिनामा दिएपछि उहाँका आलोचकहरुले पनि सो कार्यको प्रसंशा गरेका थिए । प्रतिपक्षि एमाले बाहेक अरु कसैले पनि प्रचण्डको राजिनामाको विरोध गर्न सकेन । कारण थियो, यसअघि जुन समिकरणमा पनि भएका अन्तरिक सहमतिलाई तोड्ने काम भएको थियो ।

तर, उहाँले इमान्दारीता पूर्वक पालन गरेको कारण चर्चामा रहनुभयो । त्यो दिन अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियो, ‘यो चुनावसँगै लोकतन्त्र अब संविधानका अक्षरहरूबाट हरेक गाउँ, नगरका वडामा पुगेको छ । यसमा कसले जित्यो र कसले हार्यो भन्ने प्रश्न मेरा लागि सुरुदेखि नै गौण रह्यो । तात्कालिक र क्षणिक जितहारका स्वार्थमा अल्झेको भए निर्वाचन नै हुने थिएन ।’ यो भनाईले पनि उहाँको कद बढाउने काम गरेको छ ।

उहाँले आफ्नो कार्यकालमा मधेशवादी दलको मन हदैसम्म जित्न सफल हुनुभयो । मधेशी दलका नेताहरु कुनै आन्तरिक बैठकमा मात्र होइन, औपचारिक मञ्चहरुमा पनि मधेशको मागप्रति प्रधानमन्त्री प्रचण्डले गरेको प्रयासलाई प्रसंशा गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले इमान्दारी पूर्वक प्रयास गरेकै हो तर प्रमुख प्रतिपक्षि दलले त्यसको विरोध गरेको कारण सफल नभएको पनि मधेशी दलका नेताहरुले विश्लेषण गर्नुभएको छ । उहाँ प्रधानमन्त्री भएपछि सहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घाइतेलाई उपचार खर्च, धनजनको क्षतिपूर्ति, मुद्दा फिर्ता, सविधान संशोधन प्रस्ताव संसदमा लैजाने जस्ता काम गरेका छन् जसले प्रचण्डको मधेशमा पनि ह्वातै बढाएको छ ।

मधेशवादी दलका लागि प्रधानमन्त्री प्रचण्ड जति सहज भएको थियो त्यति सहज आउने दिनमा कोही हुनसक्दैन भनि पनि टिप्पणीहरु भइरहेको छ । र, यो कुरा मधेशी दलका नेताहरु पनि स्वीकार गरेका छन् ।

सिहदरवारबाट जनताको नाममा सम्बोधन गर्दै उहाँले अधिकांश आर्थिक सूचकांकहरू ऋणात्मक हुँदै गर्दा आफू प्रधानमन्त्री चुनिएपछि राष्ट्रिय गौरवका ठूला आयोजनाहरूको निरन्तर अनुगमन गरेको, भूकम्पपछिको पुनर्निर्माणलाई गति दिएको, २० घण्टासम्म लोडसेडिङ हुँदा पनि सामान्य लाग्ने अवस्थाको अन्त्य गर्न ‘उज्यालो नेपाल अभियान’ घोषणा, राजस्व लक्ष्यभन्दा २४ प्रतिशत बढी उठेको, २४ वर्षयताकै उच्च ७.५ प्रतिशत आर्थिक वृद्धि हुन सकेको, पछिल्लो १२ वर्षयताकै सबभन्दा कम मूल्यवृद्धि भएका जस्ता उपलब्धिहरु सुनाउनु भएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..