» » उपेन्द्र यादवले भन्नुभयो, चुनावपछि मधेशमा आफ्नो पार्टी ठूलो हुन्छ


भैरहवा जेठ २१ गते । संघीय समाजवादी फोरम नेपाल रुपन्देहीले सियारी गाउँपालिकाको उपप्रमुखमा सुशिला चौधरीलाई चयन गरेको छ । स्थानीय तहमा प्रभावशाली मानिने नेतृ चौधरीले शनिबार मात्रै एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गर्नुभएको थियो ।

फोरम नेपाल रुपन्देही क्षेत्र नं. २ ले भैरहवामा आयोजना गरेको कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चौधरीलाई पार्टी प्रवेश गराउँदै गाउँपालिका उपप्रमुख पदका लागि बधाई तथा शुभकामना दिनु भएको छ ।

नवप्रवेशी सुशिला चौधरीको नेतृत्वमा एमालेका सैयोंको संख्यामा सक्रिय कार्यकर्ताहरु फोरम नेपाल प्रवेश गरेको सो पार्टीले दावी गरेको छ ।

फोरम नेपालले शहीद परिवार, मधेशी, जनजाति, थारु, दलित, महिला र उत्पीडित समुदायका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर उम्मेदवार चयन प्रक्रियामा जुटेको रुपन्देहीका सहइन्चार्ज रामु यादवले बताउनुभयो ।

यसैगरि, सोही कार्यक्रममा भैरहवाका व्यापारी अर्जुन जायसवालको नेतृत्वमा दुई जना व्यापारी पनि प्रवेश गर्नुभएको छ ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षा गर्न आफ्नो पार्टीले चुनावमा भाग लिने निर्णय गरेको प्रष्ट पार्नुभएको छ । उहाँले अब पार्टीले उपलब्धीको रक्षा, आर्थिक विकास र बाँकी उपलब्धी प्राप्त गर्न संघर्ष गर्ने जस्ता जिम्मेवारी काँधमा बोकेर हिड्न सबैलाई निर्देशन दिनुभयो ।

अध्यक्ष यादवले संविधानले गाउँ, नगरमा धेरै अधिकारहरु हस्तान्तरण गरेकाले निर्वाचनमा नगए त्यो अधिकार गुम्ने खतरा भएको हुँदा त्यसलाई संरक्षण गर्न पार्टीले संघर्ष सँगसँगै निर्वाचनलाई रोजेको बताउनुभयो ।

मधेशको मागबाट आफूहरु पछि नहटेको बताउँदै निर्वाचन पछि तराईका २२ जिल्लामा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी पनि गर्नुभयो ।

मधेसी थारु, आदिवासी, जनजाति, मुस्लिम समुदायका माग पूरा नभएसम्म संघर्षबाट पछि नहट्ने यादवको भनाई छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..