» » सीमा वारपार गर्न दिने सहमति

नवलपरासी, असार १ गते । नवलपरासीसहित सीमावर्ती सुरक्षा निकायका प्रतिनिधिबीच दुवै देशका नागरिकलाई सहजरुपमा सीमा वार पार गर्न दिने सहमति भएको छ ।

नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत भारतसँग जोडिएको शीतलापुर नाकामा सीमा क्षेत्रमा रहेको नेपाल र भारतका सुरक्षा निकायका प्रतिनिधिबीच बुधबार यस्तो सहमति भएको हो ।

भारतीय अर्धसैनिक बल एसएसबीले नवलपरासीको दक्षिणी सीमामा आवतजावत गर्नेलाई दुव्र्यवहार गर्न थालेपछि नेपाली प्रशासनको पहलमा सो सहमति भएको हो ।

शीतलापुर नाकामा एसएसबीका जवानले नेपाल–भारत सीमामा आवतजावत गर्न चाहने जोसुकैलाई पनि विभिन्न बहानामा दुव्र्यवहार गर्ने अनावश्यक दुःख दिने क्रम बढेपछि दुवैतर्फ समस्या उत्पन्न भएको थियो ।

नवलपरासीको सीमामा रहेको शीतलापुर एसएसबी क्याम्पका जवानले मङ्गलबार एक निर्दोष नेपालीलाई निर्घात कुटपिट गरेपछि उत्पन्न तनावका कारण एसएसबीले सीमामा आवतजावत बन्द गराएको हो ।

मङ्गलबार बेलुका भारततिर जान लागेका साविकको बसहिया गाविस–६ का ४० प्रद्युम्न यादवलाई शीतलापुरका एसएसबी जवानले कुटपिट गर्दै क्याम्प लगेको र बचाउन पुगेका उहाँका भाइ सञ्जु यादवलाई पनि एसएसबीले कुटपिट गरेको स्थानीय बासिन्दाले बताएका छन् । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..