» » मनिष सुमनले भन्नुभयो, उपेन्द्र यादवले सरकारसँग पैसा लिएका छन् मसँग प्रमाण छ

काठमाडौं, असार ५ गते । राष्ट्रिय जनता पार्टीका नेपालका महासचिव मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाउनु भएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले उपेन्द्र यादवले सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिनुभएको आरोप लगाउँदै भन्नुभयो, ‘उपेन्द्र यादव गद्दार हुन्, उनले मधेशी जनतालाई धोका दिएका छन्, उनले सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण म सँग छ, पर्यो भने देखाउन सक्छु ।’

नेता सुमनले शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्दा पनि सरकारले आफ्ना कार्यकर्ताहरुमाथि ज्यादती, दुव्र्यवहार गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्न पाउने हाम्रो अधिकार हो, तर यहाँ राज्यले दमन गरेको छ, यसरी गरेको चुनावले के निकास दिन्छ, जबरजस्तीजारी गरेको संविधानलाई कार्यान्वयनगर्नका लागि जबरजस्ती ढप्पा लगाउने काममात्रै हो ।’

उहाँले अहिले भइरहेको निर्वाचनलाई निर्वाचनको संज्ञा दिन नमिल्ने बताउँदै उम्मेदवारी दर्ताको दिन आफूहरुले हिजो टोल–टोलमा विरोध प्रर्दशन गरेको र कालो झण्डा देखाएको तर राज्यले बन्दुकको भरमा आतंक मच्याएको आरोप लगाउनुभयो ।

उहाँले मधेशका जनता शान्तिपूर्ण तवरले विरोधमा उत्रिँदा बन्दुकको आडमा बलजफ्ती गरेको गुनासो पोख्नुभयो ।

उहाँले संविधान बलजफ्ती जारी गरेको र जारी गरेकै दिनदेखि आफूहरुले त्यसको विरोध गरेको जनाउँदै आफ्ना माँगहरु संविधानमा लिखत रुपमा स्थापित गर्नको लागि अहिले माँग्नेहरुको नाम महन्थ ठाकुर र राजेन्द्र महतो रहेको स्पष्ट पार्नुभयो ।

उहाँले आफूहरुले स्थानीयतहको सँख्या जनसँख्याको आधारमा बढाउनुपर्ने, आन्दोलनकारीलाई क्षतिपूर्ति दिनुपर्ने, निर्वाचनको माहोल बनाउनुपर्ने कुरा राख्दै आएको तर सरकारले अहिलेसम्म यसबारेमा कुनै सुनुवाई नगरेको समेत गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘वार्ता तथा सम्वादको नाममा हामीलाई अल्झ्याउनको लागि धेरै प्रयत्नभए, तर हामी यसमा अल्झियनौं ।’

उपेन्द्र यादव र विजयकुमार गच्छदारले मधेशीजनतालाई धोकादिएको आरोप लगाए ।

उहाँले हिजो भएको उम्मेद्ववारी मनोनयनमा राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको भन्ने कुरा बाहिर आएको बारे प्रतिक्रिया दिँदै भन्नुभयोे, ‘तीनीहरुलाई कारवाही हुन्छ, पार्टीको नीतिविपरित उभिनेहरुलाई हामी कारवाही गर्छौं ।’

त्यस्तै उहाँले राजपा छाडेर अन्य पार्टीमा प्रवेश गरेको विषयमा टिप्प्णी गर्र्दै भन्नुभयो, ‘यसले केही असर पार्दैन्, राजपा छोड्नेहरुलाई के भन्ने ? छोडेर जाने गैसक्ये ।’ उहाँले एकाधदुईले पार्टी छोड्दैमा केही फरक नपर्ने बताउँदै अलबिदा, आन्दोलन गर्न नसकेर, डराएर जानेहरु, भागेर जानेहरुलाई केहीभन्न नसकिने बताउनुभयो ।

असार १४ गते हुने निर्वाचनको दिनआफूहरु भजन, कृतन गरेर नबस्ने समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन भैरहदा हामी कृतन गरेर बस्दैनौं, हामीविथोल्छौं।’ सुमनले निर्वाचनको दिनआफूहरुले एमाले, कांग्रेस र नेकपा माओवादी केन्द्रको विरोधमा जति प्रर्दशन गर्ने हो त्यतिकै मात्रामा फोरम नेपाल र लोकतान्त्रिक फोरमको विरुद्धमा विरोध गर्ने बताउनुभयो ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..