» » नेपालवाणी डटकमको लोकार्पण

काठमाण्डौँ, असार ३ गते । बलिउड क्षेत्रका सुप्रसिद्ध अभिनेत्री तथा वाग्मति सरसफाई महाअभियानका सद्भावनादुत मनिषा कोइरालाले नेपालवाणी डटकम न्यूज पोर्टलको लोकार्पण गर्नुभएका छ ।

बागमती सफाईको २१४ औं हप्तामा शनिवार थापाथलीमा एक समारोहको बीच अभिनेत्री मनिषा कोइराला, नेपाल सरकारका पूर्व सहरी विकास मन्त्री अर्जुननरसिंह केसी, मूख्य सचिव सोमलाल सुवेदी लगायतका व्यक्तित्वद्वारा नेपालवाणी मिडिया प्रा।लिद्वारा सञ्चालित नेपालवाणी डटकमको लोकार्पण गरिएको छ ।


सरसफाईमा वाग्मती सफाइ महाअभियानकी सद्भावना दूत अभिनेत्री नायिका मनिषा कोइरालाले लोकापर्ण कार्यक्रमको पश्चात वाग्मति सरसफाईमा सहभागिता जनाउनु भएको थियो । सहरी विकास मन्त्रालयको प्रस्तावमा सरकारले गत बिहिबार वाग्मती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइरालालाई नियुक्त गरेको थियो ।

 कार्यक्रममा पुर्व सहरी विकास मन्त्री अर्जुननरसिंह केसी, मुख्यसचिव सोमलाल सुवेदी, ललितपूर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, र उपप्रमुख गीता सत्याल, धुर्मुश सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुश, लगायत व्यक्तित्वको समेत सहभागिता रहेको वाग्मति सरसफाई अभियानका अभियन्ता डा.राजु अधिकारीले जानकारी दिनुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..