» » राजपा नेपालले खुट्टा कमाए युवाले विद्रोह गर्नेछ–जेपी यादव


काठमाडौ जेठ २१ गते । राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री जेपी यादवले सविधान संशोधन नगरिकन यदि नेताहरु चुनावमा जाने निर्णय गरे भने मधेशमा त्यसको विरोध हुने बताउनुभएको छ ।

यहाँ मधेश मुक्तिको सवाल छ, मधेशले अधिकार पायो भने यस्ता स्थानीय चुनाव कति गराउन सकिन्छ तर विना अधिकारको स्थानीय चुनावमा सहभागि भएपनि मधेशले केही पाउँदैन, उहाँले भन्नुभयो, चुनाव भयो भने एकदुई जना मेयर, उपमेयर, गाविस अध्यक्षहरु बन्ला तर विभेद र शोषन जस्ताको त्यस्तै कायम रही रहन्छ ।’

कतै नकतै राजपा नेपालका नेताहरु पनि खुट्टा कमाई रहेको दावी गर्दै उहाँले क्षणिक लाभका लागि चुनावमा जान नहुने बताउनुभयो । जजसलाई चुनावमा जानुछ जाओस्, त्यसले मधेशलाई केही फरक पर्दैनन्, पहिला जसरी मधेशी जनताले संघर्ष गरेर बाँचिरहेका थिए, त्यसरी नै केही दिन बाँच्ला तर हतारमा वा कुनै प्रलोभनमा परेर चुनावमा नजाँदा राम्रो भनि उहाँको तर्क छ ।

उपेन्द्र यादवले मधेशलाई धोका दिनुभयो, हामीले दिनुहुँदैन, मधेशले हामीबाट धेरै अपेक्षा गरेका छन्, सहारा टाइम्ससँग कुरा गर्दै नेता यादवले भन्नुभयो, यो अवस्थामा हामी चुनावमा गयौं भने मधेशी जनताले हामीलाई किन मतदान गर्छन् ? हामीलाई गर्नुभन्दा त काँग्रेस, माओवादी केन्द्र र एमालेलाई नै गर्छन् किनभने हामीले त केही दिन सकेनौ, पीडा, लाश बाहेक हामी केही दिन सकेनौ, बरु ती ठूला दलले विभिन्न आश्वासन दिएर आफूतिर तानेर मत लिनसक्छ तर हामीसँग त अहिले आश्वासन बाँड्ने कुरा पनि छैन ।’

यसपालीको मौका राजपा नेपालले गुमायो भने त्यसले कहिले पनि मधेशी जनताको समर्थन नपाउने उल्लेख गर्दै उहाँले २०६४ सालको आन्दोलनमा यस्तै अलिकतिको लोभमा परेर सरकारसँग सम्झौता गर्यो तर ती सम्झौता अझै पनि लागु भएको छैन, त्यही सम्झौता लागु गराउनका लागि यति संघर्ष भइरहेको उहाँले बताउनुभयो ।

२०६४ सालको जस्तो बेथिती यसपटक नदोहोरियोस् भनि हामी सचेत छौ, मधेशी युवा यसपाली जागेको छ, खबरदारी गरिरहेको छ, उहाँले भन्नुभयो, यदि नेतृत्व तहका नेताहरुले केही दायाँ बायाँ गर्यो, युवाहरुले विद्रोह गर्नेछ ।’

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..