काठमाडौ असार २ गते–राजनीतिक विश्लेषक सिके लालले सविधान संशोधनको विषय विलरलको खिचरी जस्तो भएको टिप्पणी गर्नुभएको छ ।
जसरी बिरवलको खिचरी कहिल्यै पाकेन, महराजा प्रतिक्षामै रहे त्यसरी नै यो सविधान संशोधन प्रतिक्षाको विषय बनेको छ ।
सविधान संशोधन हुन्छ भन्ने कुरा सधै हुन्छ तर हुने छाँटकाट नदेखिएको टिप्पणी गरे ।
यहाँ महाराजहरु धेरै छन् तर विरवल कोही पनि नभएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, शेरबहादुर देउवा महाराजा हुनुहुन्छ तर त्यहाँ विमलेन्द्र निधि हुनुहुन्छ तर उहाँ विरवल बन्न सक्नुभएन । केपी ओली महराज हुनुहुन्छ तर त्यहाँ रघुवीर महासेठ हुनुहुन्छ तर उहाँ विरवल बन्न सक्नुभएन । प्रचण्ड महाराज हुनुहुन्छ तर त्यहाँ प्रभु साह हुनुुहुन्छ उहाँ विरवल बन्नसक्नुभएन ।’
मैतीघर मण्डलामा आज तराई मधेश राष्ट्रिय परिषद्ले स्थानीय तहको चुनावको विरोधमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जबसम्म सविधान संशोधन हुँदैन तबसम्म आन्दोलन जारी राख्न सुझाव दिनुभयो ।
अन्ध्यारोमा एउटा दीपी जलाए त्यो कफिर हुने बताउँदै उहाँले सविधान संशोधन नभएसम्म कुनै नकुनै रुपमा आन्दोलन जारी राख्नुपर्ने सुझाव दिनुभयो ।
No comments: