सर्लाही जेठ २३ गते । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टीको सम्पूर्ण उर्जा चुनाव बिथोल्नतिर
लगाउन निर्देशन दिनुभएको छ।
आज सर्लाहीको मलंगवामा राष्ट्रिय जनता पार्टी नेपालको अन्तरकृया कार्यक्रममा राजपाका नेता राजेन्द्र महतोले शासकवर्ग मधेश र मधेशीप्रति सँधै पूर्वाग्रही रहेको आरोप लगाउनुभयो।
महतोले आफ्नो स्वार्थ भएको ठाउँमा काँग्रेस, एमाले, माओवादी, राप्रपा लगायतको दलको सर्वसम्मति हुने तर मधेशी आदिवासीको अधिकारको कुरा आउँदा आपसी मतभेद भए जस्तो देखाउनेू गरेको समेत आरोप लगाउनुभयो ।
तसर्थ अब कुनै पनि जालझेलमा नफसी राजपाले आफ्नो सम्पूर्ण शक्ती र उर्जा चुनाव बिथोल्नतिर लगाउन समेत निर्देशन दिनुभएको छ ।
महतोले राजपा संबिधान संसोधन, शहिद घोषण, झुठा मुद्दा फिर्ता, क्षतिपूर्ति र जनसंख्याको आधारमा स्थानीय तहको संख्या जस्ता माग पूराभए आजै चुनावमा जान तैयार रहेको कुरा पनि प्रष्ट पार्नूभयो।
अन्तरकृयामा उठाइएका प्रश्नहरूको जवाफ दिंदै महतोले, ६ दल एकीकृत भई गठन भएको राजपाको चुनाव चिन्ह कुनै मुद्दा नै नरहेको बताउनुभयो। राजपाले उठाएको माँग पूरा गरे हाल मतपत्रमा रहेको जोड़ा गोरू, तीर, हातमा लाठी लिएको किसान, साइकल, हाथ वा रेलमध्ये कुनै एक चुनाव चिन्ह लिएर चुनावमा जान सकिने महतो बताउनुभयो।
महतोले ुराजपा जनताको भवान अनुरू गठन भएको र जनताको भवना अनुरूप नै राजपाले कुनै निर्णय लिनेु बताउनुभयो।
संचारमाध्यममा आए जस्तो राजपामा बिवाद नरहेको, अध्यक्षमण्डलमा फरक फरक बिचार आए पनि अन्तत राजपाले सहमतीमा बाहिर ल्याएको निर्णय नै अन्तिम र सबैले मान्ने पनि बताउनुभयो।
राजपा नेपाल सर्लाही जिल्ला कमिटीद्वारा मलंगवाको बाल मन्दिरमा आयोजित अन्तरकृया कार्यक्रम राजपाका नेता राजेन्द्र महतोको प्रमुख आतिथ्य तथा सर्लाही जिल्ला अध्यक्षमण्डलका संयोजक बिनय कर्णको अध्यक्षतामा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा राजपाका केन्द्रीय कोषाध्यक्ष अरूण कुमार सिंह, केन्द्रीय सचिव राजाराम पासवान र उपेन्द्र महतो, केन्द्रीय सदस्यहरू बिजय यादव, किरण देवी यादव, जिल्ला अध्यक्ष मण्डलका अध्यक्ष प्रमोद साह, कौशल यादव लगायत जिल्ला कार्य समिती, गाउँनगरस्तरका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

No comments: