काठमाडौ जेठ २१–प्रधानमन्त्रीको उम्मेदवार रहनु भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने कि नगर्ने विषयमा राजपा नेपाल विहानैदेखि छलफलमा जुटेको छ ।
विहान नौ वजेदेखि बसेको बैठक अझै टुगों लागेको छैन । हिजो काँग्रेसँग छलफल हुँदा यो गठबन्धन आफूहरुले नै बनाएको कारण यसलाई समर्थन नगर्ने कुरा हुँदैन, तर यसको बारेमा छलफल गरेर मात्र आधिकारिक जानकारी गराउने भनिएको थियो ।
सोही विषयमा छलफलका लागि विहानैदेखि बैठक बसेको छ तर टुगों लागेको छैन । यद्यपी राजपा नेपालले पनि देउवालाई समर्थन गर्ने मनस्थिति बनाएको छ ।
तीन बुँदे सम्झौता गरेर गठन गरिएको गठबन्धनलाई समर्थन नगरिए प्राप्त उपलब्धीमा पनि असर पर्ने भएकाले प्रधानमन्त्रीमा जिताउनका लागि देउवालाई समर्थन गर्ने तयारी भइरहेको बैठकमा सहभागि एक नेताले बताउनुभयो ।
यद्यपी राजपना नेपालको आधिकारिक निर्णय आउन बाँकी नै छ ।

No comments: