» » प्रधानमन्त्री दउवालाई के भन्नुभयो महन्थ ठाकुुरले ?

काठमाडौं असार ७ गते । आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले चुनावको नाममा मधेशलाई आतंकित बनाएको आरोप लगाएको छ  ।

राजपाका अध्यक्षद्धय महन्थ ठाकुर र अनिल झा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी चुनावको शान्ति सुरक्षाकालागि खटिएका सुरक्षाकर्मीहरुले पूरै मधेशलाई आतंकित तुल्याएको आरोप लगाउँदै तत्काल नियन्त्रण गर्न आग्रह गर्नुभएको राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताउनुभयो ।

आफूहरुको आन्दोलन शान्तिपूर्ण र अहिंस्रक हुँदाहुँदै पनि सरकारले त्यसलाई बल प्रयोग गरेर हिंसक बनाउन खोजेको उहाँले आरोप लगाउनुभयो ।

 प्रधानमन्त्री देउवाले हिजै अध्यक्ष ठाकुरलाई फोन गरि वार्ताका लागि बोलाउनुभ भएको थियो ।


अनिल झाले भन्नुभयो, संयोजक अध्यक्षमा महन्थ ठाकुर नेतृत्वको डेलिगेसन प्रधानमन्त्री शेर बहादुर देउवालाई भेंटेर मधेशमा;
1) अत्यधिक बल प्रयोग गरी गराउन लागिएका दोश्रो चरणको निर्वाचनको नाममा मधेश/थरूहटका जिल्लाहरूको ब्यारेकिकरण र त्यसबाट श्रृजित राज्य आतंक बन्द गर्न,
2) अषाढ़ 3 गते परासीमा गरिएको गोली प्रहार,
3) अत्यधिक प्रहरी दमनका कारण सुन्सरीमा दुखीलाल मेहताको शहादत,
4) धरपकड़मा अत्यधिक बल प्रयोग गरी 
युद्ध स्थितिको झझल्को;
प्रति हामीले आपत्ति प्रकट गरेका छौं ।
र,
5) अस्थायी शिक्षकहरूको समस्या समाधानको लागी आग्रह गरीयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..