» » राजपा नेपालको यस्तो हरकतलाई तपाई के भन्नुहुन्छ ?


पर्सा असार २ गते । राष्ट्रिय जनता पार्टी नेपालको आन्दोलन जारी छ । ३० गतेदेखि मधेश, थरुहट र लिम्बुवान बन्द कार्यक्रम अगाडि बढीरहेको छ । विगतको आन्दोलनभन्दा शान्तिपूर्ण र सौहद्र भएपनि कतैकतै झडप र छिटपुट घटना भएको छ ।

तर हिजो साँझमा वीरगञ्जमा राजपा नेपालका नेता तथा कार्यकर्ताबाट भएको एउटा घटनाले सबैलाई स्तब्ध बनाएको छ । बन्दको समयमा रिक्सा चलाएको भन्दै रिक्सा चालकसँग आन्दोलनकारीले गरेको दुरव्यवहारले धेरैको मन छोएको छ ।

सायद दिनभरि रिक्सा चलाएपछि मात्र उनको चुल्होमा आगो बल्छ कि ? बुवाले कमाएर आएपछि साँझ खान पाइन्छ कि भनेर छोराछोरी घरमा पर्खेर बसेका हुन्छन् कि ? दिनभरि रिक्सा चलाएपछि कमाएको पैसाले बुढा आमा बुवाका लागि औषधी लिएर जान्छन् कि ?

किनभने यि खालका मजदुरहरुको अवस्था यस्तै हुन्छ । त्यसैले यस्ता चिजहरुका आन्दोलनकारीले ख्याल पुर्याउने हो कि ?

रिक्सा चालककालाई कान समातेर उठबस गराई, गोली गलौज र कुटपिट समेत गरेको बताइन्छ । कान समातेर उठ बस गरिरहेको अवस्थामा नेता तथा नेतृहरु फोटो समेत खिचाएका छन् त्यो पनि हाँसी खुशी मानौ कुनै ठूलै जंग जितेको जस्तो ।

राजपा नेपाललाई सायद थाहै छ यिनै रिक्सा चालकहरुको कारण आन्दोलन सफल भइरहेको छ । तर, यसरी दुरव्यवहार गरेपछि उनीहरु पनि तपाईहरुको बारेमा सोच्न बाँध्य हुन्छ ।
हेरौं फोटो 




फोटाःे ललित मल्लिकको फेसबुकबाट

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..