» » चौतर्फि दवावमा महन्थ ठाकुर

पहिले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र अहिले राष्ट्रिय जनता पार्टी नेपाल राजनीतिक चर्चाको केन्द्र विन्दुमा रहेको छ । विगत १० वर्षदेखि विभिन्न उतार चढाव र संघर्षको बाटो हुँदै यहाँसम्म आइपुगको मधेशवादी दलहरु एक भएका छन् । मधेशी मोर्चामा रहेका ६ वटा दलहरु एक भएका छन् । त्यसले मधेशमा मात्र होइन देशैभरि सकारात्मक सन्देश दिएको छ । मधेशी जनता र कार्यकर्तामा एउटा नयाँ उर्जा थपेको छ । र यी सबैको अगुवाई गर्नुभएको छ महन्थ ठाकुर ।

काँग्रेस त्याग गरेर २०६४ सालमा मधेशको मुक्तिका लागि भन्दै मधेशी राजनीतिमा आउनु भएका महन्थ ठाकुर अहिले चौतर्फि दवावमा हुनुहुन्छ । उहाँका लागि अहिलेको समय समान्य होइन, उहाँको हातमा अहिले जस र अपजस दुवै छन् । कुनबेला कुन हात लाग्छ केही ठेगान छैन । उहाँ जुन संघर्षमा अगाडि बढ्नु भएको छ त्यसले सफलता कम र असफलता हात लाग्ने बढी सम्भावना छ किनभने यो एउटा कुनै समुदायको मुक्तिको कुरा हो नकि सडक र भवन बनाउने कुरा ।

 विश्वमा यस्ता धेरै उदाहरणहरु छन् जहाँ मुक्तिको लडाई सदियौंदेखि चलिरहेको छ । जहाँ सफल भएको छ, त्यहाँ अगाडि बढेको छ जहाँ असफल भएको छ त्यहाँको जनता बर्बाद भएको छ, गरिबी, आतकं, भोकमरी बाहेक केही पाएको छैन । नेपालमा पनि यस्तो हुँदैन भनि भन्न सकिदैन । र, अब यी सबै सम्भावनाहरु महन्थ ठाकुरको टाउकोमा छ ।

सविधान संशोधन नभएसम्म स्थानीय तहको चुनावमा जान सकिदैन भन्दै महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धन र राजपा नेपाल आन्दोलनमा छन् । तर, आन्दोलन छाडेर चुनावमा जाउ भनि उहाँमाथि चारैतिरबाट दवाव परिरहेको छ । विडम्बना उहाँले पटक पटक आफ्नै सहकर्मिबाट पनि धोका खानु भएको छ । यसअघि एउटै मोर्चामा रहेर आन्दोलन गर्दै आएका विजयकुमार गच्छदारले मोर्चालाई छाडेर तीन दलसँग १६ बुँदे सम्झौता गरि सविधान निर्माण प्रकृयालाई अगाडि बढाएको थियो ।

त्यसले महन्थ ठाकुलाई निकै असर गरेको थियो । त्यसपछि पुनः उहाँले मोर्चालाई जोगाएर राख्नुभयो । विस्तारै विस्तारै मोर्चालाई विस्तार पनि गर्नुभयो । तर, बीचैमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मोर्चालाई छाडेर स्थानीय तहको चुनावमा भाग लिनुभयो । त्यसले पनि महन्थ ठाकुलाई निकै असर गरेको छ ।

यद्यपी उपेन्द्र यादवले आफू मोर्चा नछाडेको बरु उनीहरुले नै मोर्चा विघटन भएको घोषणा गरे । यसरी पटक पटक ७१ वर्षको बुढोलाई राजनीतिक रुपमा धक्का लागेपछि कस्तो असर गरेको होला सहजै अनुमान गर्न सकिन्छ । त्यसमा पनि उहाँ भित्रैदेखि विरामी पनि हुनुहुन्छ । अहिले उहाँलाई पार्टीभित्र, पार्टी वाहिर, भारतीय दूतावास, सरकारलगायतका ठाउँबाट उहाँलाई दवाव छ ।

 पार्टीभित्रै एउटा समूह छ जो चुनावमा जानुपर्छ भनिरहेका छन् भने अर्को समूहले कुनै पनि हालतमा चुनावमा जानु हुँदैन दवाव दिइरहेका छन् । नागरिक समाजका अगुवाहरु पनि कतिपयले चुनावमा जाँदा राम्रो कतिपयले चुनावमा नजान दवाव दिइरहेका छन् । त्यस्तै सरकार पक्षका शक्ति केन्द्रले चुनावमा सहभागि हुनका लागि दवाव दिइरहेका छन् भने भारतीय दूतावासबाट पनि एउटा समूहले चुनावमा जा भनि दवाव दिइरहेका छन् भने अर्कोले नजान भनि दवाव दिइरहेका छन् । यस्तो अवस्थामा यी बुढो मान्छेले के गरुन् ?

राजपा नेपालका एकजना महासचिवले भन्नुभयो, महन्थ ठाकुर नै यस्तो व्यक्ति हुनुहुन्छ जो यति सहेर बस्नु भएको छ नत्र अरु भएको भए उहिले विचलित भएर फिल्ड छोडेर भागि सकेका हुन्थे । उहाँलाई राजनीतिक दवाव मात्र नभए पारिवारिक दवाव पनि त्यतिकै छ । छोरा र श्रीमतिको वियोग । एक्लि छोरी जसको विहे भइसकेको छ । जसको घरमा विहे भएको छ, उसलाई राजनीतिकमा भित्र्याएको कारणले उहाँलाई कम्ती दवाव छैन । यद्यपी यी सबै दवावलाई थेग्दै यहाँसम्म आइपुग्नु भएको छ ।

 महन्थ ठाकुर पार्टीभित्र कति दवावमा हुनुहुन्छ भने कुरा जेठ १२ गते भएको एउटा घटनाले पुष्टि गरेको छ । चुनावमा जाने कि आन्दोलनमा जाने विषयमा लगातार पाँच दिनसम्म राजपा नेपालको सम्पर्क कार्यालयमा बैठक बस्यो । धेरै घोचपेच, दवाव र उतार चढावका बावजुद पनि जेठ १२ गते आनदोलनको  घोषणा भयो ।

त्यो आन्दोलन घोषणा गर्नका लागि राजपा नेपालका नेताहरुले कस्तो बेल्ना बेल्नु पर्यो उनीहरुलाई नै थाह छ । त्यो दिन पनि आन्दोलनको घोषणा हुन्छ कि हुँदैन भनि राजपा नेपालका शीर्ष नेताहरुलाई नै विश्वास लागेको थिएन । आन्दोलन होइन, चुनावमा जानुस् भनेर राजपा नेपालका नेताहरुलाई कति दवाव होला भनि सहजै अनुमान गर्न सकिन्छ ।

जेठ ११ गते विहान ११ बजे राजपा नेपालको बैठक बसेको थियो त्यसमा कुनै सहमति बन्न सकेन । बैठकले कुनै निष्कर्ष ननिकाले पनि बैठकपछि राजपा नेपालका अध्यक्ष महन्थ ठकुरले उपेन्द्र यादव र विजयकुमार गच्छदारसँग छलफल गर्नुभएको थियो । उपेन्द्र यादव र गच्छदारसँग छलफल गरिसकेपछि पुनः चारवजे बैठक बस्ने तय भएको थियो तर चार बस्न नसकेको बैठक भोलीपल्ट विहान नौ बजे बस्ने तय भएको थियो ।

त्यसको भोलीपल्ट अर्थात जेठ १२ गते विहान नौ बजे नै महन्थ ठाकुर पार्टी कार्यालय आइपुुग्नु भएको थियो । त्यसपछि अध्यक्ष मण्डलका सदस्य शरतसिह भण्डारी र महेन्द्र राय यादव पनि पुग्नुभयो । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव बैठकमा आउन ढिला गरेपछि महन्थ ठाकुर स्वयंले नै उहाँहरुलाई फोन गर्नुभएको थियो । उहाँहरुले आइहाले आइहाले भन्नु हुन्थ्यो । अनिल झाले त एउटै विषयमा छलफलका लागि कति बस्ने, जे कुरा भइसकेको छ त्यसलाई अगाडि बढाउनुस् भनि महन्थ ठाकुरलाई जवाफ दिनु भएको स्रोतले जनाएको छ ।

त्यतिबेला नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई छलफलका लागि बालुवाटार बोलाउनुभयो । बालुवाटार पुग्नु भएका महन्थ ठाकुरलाई प्रधानमन्त्री प्रचण्डले अहिले आन्दोलन घोषणा नगर्नुस् एक दुईदिनको समय दिनुस् तपाईहरुको सबै माग पूरा गर्छु भनि आन्दोलनका कार्यक्रम रोक्न आग्रह गर्नुभएको थियो ।

निर्वाचन आयोगमा पार्टी दर्ता र चुनाव चिन्ह प्राप्तिका लागि अध्यादेशमार्फत भए पनि सो कार्य गराउने त्यसको वतवारण बनाउन भएपनि एक दुई दिन आन्दोलन घोषणा नगर्नुस् भनि उहाँले आग्रह गर्नुभएको थियो । त्यसको जवाफमा अध्यक्ष ठाकुरले यस्तो प्रतिवद्धता धेरै पटक आएको हो, यसरी एक दुई दिन टाइम धेरै पटक लिइसकेका हौ अब विश्वास लाग्न छाडिसक्यो भन्नुभएको थियो ।

तपाईले के के गर्न चाहनु भएको छ गर्नुस्, कसैले रोकेको छैन, जुन दिन तपाईले हाम्रो माग पूरा गर्नु हुन्छ त्यो दिन हामी आन्दोलन फिर्ता लिन्छौ । तर हामीलाई आन्दोलन घोषणा गर्न दिनुस्’ भनि महन्थ ठाकुरले कडा जवाफ दिनुभएको थियो । त्यसपछि पनि प्रचण्डले महन्थ ठाकुरसँग निकै अनुनय विनय गर्नुभयो । अनि मात्र अध्यक्ष ठाकुरले यति मात्र भन्नुभयो कि एक्लै केही भन्न सकिन्न, दलका अरु नेताहरुसँग सल्लाह गरेर जानकारी गराउँछु ।’

यता महन्थ ठाकुर बालुवाटार गएको जानकारी राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादवले थाह पाइसक्नु भएको थियो । अब फेरि पनि आन्दोलन घोषणा हुँदैन भनि उहाँहरुलाई शंका लागि सकेको थियो । जेठ ८ गते नै आन्दोलन घोषणा हुने कुरा थियो तर यसैगरि सो प्रचण्डले नै आग्रह गरेर आन्दोलन घोषणाको कार्यक्रम रोक्न लगाउनुभएको थियो ।

महन्थ ठाकुर बालुवाटारबाट फर्किने वित्तिकै नेताहरुसँग सल्लाहमा जुट्नुभयो । प्रचण्डले यति आग्रह गरिरहेको छ, त्यसमा विचार गर्ने हो कि भने आशयको कुरा महन्थ ठाकुरले नेताहरुसँग राख्नु भएको थियो । त्यतिबेलासम्म राजेन्द्र महतो, अनिलकुमार झा र राजकिशोर यादव बैठकमा आइपुग्नु भएको थिएन ।

आन्दोलन रोक्ने दवाव महन्थ ठाकुरले देला भनि आशंकामा ती तीनजना नेताले उहाँको फोन उठाउन पनि छोड्नु भएको थियो । कसैले अफ पनि गर्नुभएको थियो । जबसम्म आन्दोलन घोषणा भइ निर्णय सर्वजनिक गर्न प्रेस विज्ञप्ति तयारी भएर पत्रकार सम्मेलनको आयोजना हुँदैन तबसम्म बैठकमा नआउने कुरा महन्थ ठाकुरलाई उहाँहरुले भन्नुभएको थियो । त्यसपछि अध्यक्ष ठाकुर झनै तनावमा पुग्नुभयो ।

चारैतिरबाट चुनावमा जा भनि दवाव आइरहेको तनावमा रहेका महन्थ ठाकुरले आफ्नै पार्टीका तीनजना नेताले यस्तो व्यवहार देखाएपछि अध्यक्ष ठाकुर निकै तनावमा देखिनु भएको थियो । आज आन्दोलनको घोषणा नभए पार्टी कार्यालय नआउनेसम्मको चेतावनी उहाँहरुले दिएको पार्टी स्रोतहरुले जनाएको छ ।

त्यसपछि अध्यक्ष ठाकुरले नप्रचण्ड, नदूतावासको कुरा सुनि सिधै आन्दोलनमा जानुपर्ने निष्कर्षमा पुग्नुभयो । विज्ञप्ति तयारी गर्न लगाएर पत्रकारलाई पनि बोलाउन लगाउनु भयो जब कि तीन बजे पत्रकारलाई बोलाउनु कुरा थियो ।

पत्रकारलाई बोलाएको खबर थाह पाएपछि ती तीनैजना नेताहरु आउँछन् कि भने उद्देश्यले पत्रकारलाई दुई घण्टा पहिले नै पार्टी कार्यालयमा बोलाएका थिए । पत्रकारहरु आउन थाल्यो अब पत्रकार सम्मेलन हुन्छ भनि जानकारी राजेन्द्र, अनिल र राजकिशोर समक्ष पुगेपछि उहाँहरु एकएक गरि पार्टी कार्यालय आउन थाल्नुभयो । सबभन्दा शुरुमा १२ः४० मा राजेन्द्र महतो आइपुग्नुभयो । त्यसपछि १ः१८ वजे राजकिशोर १ः४२ वजे अनिल झा आइपुग्नुभयो ।

उनीहरु आएपछि राजपाको बैठक बसेर विज्ञप्तिलाई फाइनल गरि संघीय गठबन्धनको बैठक पनि बस्यो र त्यसपछि मात्र ३ः१५ बजे मात्र पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्यो ।    

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..