» » मधेशमा मसाल बलेपछि रुखमा पतझर (फरकमत)

–जिवछ यादव (उदासी) 
जेठ महिनाको बढ्दो गर्मीसँगै च्ुनावी माहोल तातिन थालेको छ । खास गरेर प्रमुख ठूला दलहरुले चुनाव हुने सुनिश्चितताको साथ चुनावमा लागेको देखिन्छ । नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र  संघिय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरमलगायतका दलहरुले यतिबेला आफ्नो उम्मेदवार जिताउन जोस जाँगरको साथ चुनावी तयारीमा जुटेका छन् ।

अब चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्न गौण भइसकेको छ । अब कुन दलले कसलाई उम्मेदवार बनाउने भन्ने प्रश्न महत्वपूर्ण भएको छ । चुनावको माहोल खास गरेर संघिय समाजवादी फोरम नेपाल सहभागिता जनाई सकेपछि चुनावको वातावरण सहज भएको हो ।

ढिलो चाँडो राजपा नेपाल पनि चुनावमा आउनेछ भन्ने आशा र विश्वास अन्य दलको नेताहरुमा देखिएको छ । कारण लोकतन्त्रमा विश्वास गर्ने राजपा चुनावलाई वहिष्कार नगर्ने जन विश्वास रहेको छ । तर राजपाले चुनावमा भाग नलिने आन्दोलनको घोषणा समेत गरेर चुनाव बिथोल्न मसाल बाल्न थालेपछि राजपासँग वार्ता गरेर चुनावी प्रक्रियामा ल्याउन सरकारले ईमानदार प्रयास गर्नुपर्ने मत राख्नेहरु देखिएको छ ।

चुनावको वातावरण बनाउन सरकारले प्रयास नगरेको होईन । स्थानीय निकायको सँख्या बढाएर राजपाललाई चुनावमा सहभागी गराउन गरेको प्रयासमा सर्वोच्चको आदेश र निर्वाचन आयोगले यहि अवस्थामा तोकिएको समयमा चुनाव गराउन नसकिने गरेको फैसलाबाट राजपा झन चिढिएका छन् ।

अबको निकास के हुने ? चुनाव कसरी निर्धारित मितिमै सम्पन्न गर्ने विषय सरकारको टाउको दुखाईको विषय भएको छ । मतदाताहरुलाई  तनावको अवस्थामा कसरी मतहाल्ने थोरै भएपनि चिन्तित बनाएका छन । पहिलो चरणको चुनावी परिणमले एमाले ठूलो पार्टी भएको अवस्थामा एमालेलाई चुनावमा पछार्न सके हुन्थ्यो बलियो मौखिक धुव्रिकरणको अवस्था देखिए पनि अहिलेसम्मको अवस्थामा चुनावी तालमेल हुने तालमेलको गृहकार्यको सुरुवात हुने सुरसार देखिएको छैन ।

यता नेपाली काँग्रेसले आफनो प्रमुख प्रतिस्पर्धी नेकपा एमालेलाई नै ठानेर चुनावी रणनीति बनाई रहेको देखिन्छ । मधेशवादी दलहरु काँग्रेससंग नजिक देखिएपनि आफनै आफनै उम्मेदवार उठाएपछि यो हार्दिकता र नजिकता कतिको रहने हो हेर्न बाँकी छ ।

विगतको दुईवटा संविधानसभाको चुनावमा प्रमाणित भइसकेको आधार के हो भन्ने प्रथम चरणको निर्वाचनमा मधेशवादी दलको मसाल बल्दा काँग्रेसको रुखमा पतझर लिएको थियो । दोश्रो संविधान सभामा मसाल निभ्दा रुखमा पालुवा आएको थियो ।

यसपटक जसरी मसाल बाल्ने तयारीमा वृहत्त पार्टी प्रवेश गराएर संघिय समाजवादी फोरमले मसाल बाल्ने धुनमा छ । यसले काँग्रेसलाई पतझर हुने संभावनालाई नकार्न सकिदैन । काँग्रेस र फोरम दुवैले एकै पटक बाजी मार्न सक्दैन । एक अर्काको विकल्पको दल भएको अवस्था रहेको छ । अब सवाल छ सरकारमा रहेको काँग्रेस र माओवादी केन्द्रको गठवन्धन कतिको प्रभावकारी होला ।

यसको परिणाम त पहिलो चरणको निर्वाचनमा जनताले देखिसक्यो । काँग्रेस माओवादी केन्द्र मिलेर उठेको ठाँउमा पनि एमाले जितेको ताजा परिणाम आँखाको सामुने नै छ ।

पहिलो चरणमा खुम्चिएको काँग्रेस दोश्रो चरणको निर्वाचनमा एमालेलाई कमजोर बनाउन जसरी मधेशवादी दलहरुसँग नजिक रहेको छ । संघिय समाजवादी फोरम र काँग्रेसले तालमेल गरयो भन्ने यस गठबनधनले असर गर्ने हो तर संभव छैन ।

फोरमले चाहे जस्तो सिट सँख्या काँग्रेसले दिन चाहदैन । यता माओवादी र एमालेबीच कहि चुनावी तालमेल भयो भन्ने यो तालमेलले फेरि सबै दललाई धुलो चटाउने अवस्था फेरि प्रभावकारी हुने देखिएको छ । प्राकृतिक गठबन्धन वाम पन्थीहरुको गठबन्धन रुचाउने देखिएको छ । मधेश आन्दोलनको कारण एमालेलाई थोरै क्षति व्योहोर्नु पर्ने संभावना भएपनि एमालेको कार्यकर्ता र नेताहरु जसरी चुनावमा विकास र समृद्धिको विषउयलाई उठाएर जसरी चुनावी गृहकार्यमा लागेको देखिन्छ । यसले जति हल्ला फैलाएको छ । एमाले मधेशमा पत्ता साफ हुदैछ यो हलला निराधार हो ।

एमालेको बलियो संगठन अझै पनि मधेशमा रहेको छ । सप्तरीमा एमाले थोरै कमजोर देखिए पनि सिरहाको सवालमा हरेक गाँउपालिका र नगरपालिकाका काँग्रेस माओवादी र फोरमले प्रतिस्पर्धा एमालेसँग नै गर्नुपर्ने अवस्था छ । मधेश आन्दोलनको उदगम स्थलमा एमाले निकै बलियो देखिएको छ । सुखीपुर नगरपालिकामा सबै  मिलेपनि एमालेसँग नै  प्रतिस्पर्धा हुने अवस्था रहेको छ ।

यसपाली स्थानीय निकायको चुनावमा एमालेको प्रचार प्रसार पनि अब राजनीतिक आन्दोलनको समय होईन । आर्थिक समृद्धि र विकासको रहेको भन्ने प्रचार प्रसारलाई तिव्रता दिएको छ भन्ने अन्य दलहरुले विकास र अधिकार भन्दा एमालेलेलाई होच्चयाउने गिज्जयाउने तल्लो देखाउने विना अधारको प्रचारमा जुटेको देखिन्छ । मतदाताहरुलाई विकासको कुरा, समृद्धिको कुरा शान्ति र एकताको कुराले बढी रुचाएको पनि देखिन्छ । मधशी दलहरुमा संघिय समाजवादी फोरमको बढ्दो प्रभावले एमाले भन्दा काँग्रेसलाई चिन्तित तुल्याएको छ भन्ने माओवादी केन्द्रको अवस्था पनि सन्तोषजनक देखिएको छैन ।

 दोश्रो चरणको निर्वाचनमा पनि हरेक ठाँउमा एमाले सशक्त भएर आउने देखेर चुनावमा जान पनि हिच्चकिचचाहट देखिएको भनाईमा पनि दम रहेको छ । माओवादी केन्द्र दोश्रो चरणको निर्वाचनमा एमालेसँग गठवनधन गर्न चुक्नु हुदैन ।

मधेशवादी दलहरुमा जे भएपनि उपेन्द्र यादवलाई मधेशमा फरमकिलो भएर हेर्न थालेको छ । मधेश पहाड सबैलाई मिलाएर आफनो अधिकारको लडाई पनि लडिरहने चुनावलाई पनि नरोक्ने निर्णयलाई भलहि राजपाले जति विरोध गरे पनि सोचबुझ भएको नेता उपेन्द्र यादव हो दृष्टिले देख्न थालेको छ । उपेन्द्र यादव चुनावमा जाने नीति लिनु आप्mनो संगठनलाई संस्थागत स्थिर गर्न र आफ्नो तागत अजमाईस गर्न सहि निर्णय गरेको प्रशंसा पनि भईरहेको छ ।

राजपाले संघिय समाजवादीसँग तालमेल गरे चुनावमा गयो भन्ने यो गठवनधनले निकै अर्थ राख्ने भएकोले राजपा आफ्नो संगठन निर्माणको लागि स्थानीय तहमा आफ्नो कार्यकर्ता बनाउनका लागि यो चुनावलाई नकार्नु उचित नहुने देखिएको छ । समयमै राजपाले बुद्धि पुरयाएन भन्ने चुनावमा भाग लिएन भन्ने माओदीको मोहन वैद्य जस्तै हालत राजपाको हुने लख पनि मधेशमा काटिदै छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..