» » राजपा नेपालको बैठक १ बजे बस्ने

काठमाडौ असार २ गते । राष्ट्रिय जनता पार्टी नेपालका बैठक दिउँसो एक वजे बस्ने भएको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव मधेशबाट आउनमा ढिलाई भएको कारण विहान बस्ने भनिएको बैठक एकवजेको लागि सारिएको छ । राजेन्द्र महतो र अनिल झा राती नै काठमाडौ आइपुग्नु भयो ।

सरकारले दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव असोज २ गते गर्ने भनि गरेको निर्णयको राजपा नेपालले विरोध गरेको छ र त्यसको बारेमा ठोस निर्णय गर्नका लागि आन्दोलनमा सक्रिय रहनु भएका तीन जनालाई काठमाडौ बोलाएका हो ।

दुई नम्बर प्रदेशसँग एक नम्बर र पाँच नम्बर प्रदेशको चुनाव पनि सार्नु पर्ने राजपा नेपालको माग रहेको छ ।  

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..