काठमाडौं, जेठ २५ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनका लागि देशव्यापी रुपमा उत्साह छाएकोले जुनसुकै पार्टीले बहिष्कार गरेपनि चुनाव अब नरोकिने स्पष्ट पार्नुभएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष यादवले भन्नुभयो, ‘अब चुनाव हुन्छ, हुन्छ, कोही पार्टीले चुनावमा जान्न भन्दा पनि अब चुनाव रोकिँदैन्, उपेन्द्र यादवको पार्टी चुनावमा नजाँदा पनि चुनाव हुन्छ, महन्थ ठाकुरको पार्टी चुनावमा नजाँदा पनि चुनाव हुन्छ, किनकी जनताले चुनाव चाहेका छन् ।’
आफ्नो पार्टीले देशव्यापी रुपमाचुनावीतयारी गरिसकेको समेत जानकारी दिदै उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले दोस्रो चरणको निर्वाचनमा सबै ठाउँमा उम्मेद्धवारी दिन्छ, यसमा कुनै शंका छैन् ।’ उहाँले जनताबाट आफ्नो पार्टीको पक्षमा देशव्यापी रुपमा उत्साह र समर्थन आईरहेको समेत जिकिर गर्नुभयो । उहाँले यतिबेला आफ्नो पार्टीमा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेको ठूलो लर्को नै लागेको दावी गर्नुभयो ।
अध्यक्ष यादवले चुनावी तालमेलको लागि आफ्नो पार्टी खुल्ला रहेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी चुनावी तालमेलको लागि सबैसँग खुल्ला छौं, राजपा नेपाललाई पनि तालमेलको लागि अपिल गरिरहेका छौं, हामी सँगै लड्नको लागितयार छौ ं।’ यादवले आफ्नो पार्टीले संघीयता, गणतन्त्र र परिवर्तन पक्षधरसँग चुनावीतालमेल गर्ने जानकारी दिनुभयो ।
उहाँले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुरको देउवाको पक्षमा लर्को लागेर मतदान गर्न आउने मधेशी नेताहरु स्थानीयतहको निर्वाचनमा उठेका मधेशी नेताहरुलाई भोट गर्न किन नहुने भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको उम्मेदवार गैर–मधेशी हुँदा पनि उहाँहरुले भोट त हाल्नुभयो नि, अब तराईमा हुने चुनावमा मधेशी नै उम्मेद्धवार उठ्ने हुन न् ि।’ उनले अरु पार्टीले भन्दा आफ्नो पार्टीले चुनावमा धेरै राम्रो परिणाम ल्याउने समेत दाबी गर्नुभयो । यादवले भन्नुभयो, ‘म दाबाका साथ भन्छु हाम्रो पार्टीले अरु पार्टीभन्दा धेरै राम्रो परिणाम ल्याउँछ ।’
दोस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित भए जनतामा अति नै उत्साह छाउने उहाँको विश्वास थियो । उहाँले भन्नुभयो, ‘चुनाव अघि नै संशोधन प्रस्तावपारित भएजनता रेनकोट ओढेर भएपनि मतदान गर्न आउँछन्, जनताले यतिवेला निर्वाचन र समृद्धि खोजेका छन् ।’ उनले जनताले खोजेको कुरा राज्यले समयमै पूरा गरिदिनुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो पार्टीलाई अझैपनि संशोधन प्रस्तावपारित नभए निर्वाचन जानु हुन्छ कि हुँदैन भनेर प्रश्न गरिने गरेको बताउँदै भन्नुभयो, ‘हामी त निर्वाचनमा सहभागी भैसक्यौ नि, अब पनि यसबारेमा प्रश्न गर्ने हो र ?
उहाँले आफ्नो पार्टीको विरुद्धमा चारैतिरबाट युद्ध छेडिएको समेत गुनासो पोख्नुभयो । यादवले भन्नेभयो, ‘चुनावमा नजाँदा किन गएन भनेर प्रश्न गर्छन, अनि चुनावमा भाग लियो भने किन गयो भनेर प्रचारवाजी र विरोध हुन्छ, यस्तो किन भैरहेको छ मैले बुझ्न सकेको छैन् ।’
अध्यक्ष यादवले अहिले नै सरकारमा जानेबारे आफूहरुले नसोचेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई अहिले सरकारमा जान कुनै हतारो छैन, यसबारेमा हामीले केही सोचेका छैनौं ।’ यादवले आफ्नो पार्टीको पूर्ण ध्यान नै यतिवेला संविधान संशोधनमार्फत सबैको स्विकार्यता बढाउने र आफ्ना मुद्दा स्थापित गराउने रहेको बताउनुभयो ।
उहाँले सरकारमा आफूहरु सहभागी भए वा नभए केही फरक नपर्ने बताउँदै मुलतः मुलुकका सामू रहेका तीन चूनौतिहरुको समाधानगर्नतर्फ सरकारले खासगरी नयाँ प्रधानमन्त्रीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार विगतमा विभिन्न आन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र बलिदानबाट प्राप्त भएका सबै उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने मुख्य चूनौति रहेको छ ।
अध्यक्ष यादवले भन्नुभयो, ‘हामीले विभिन्न संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरु आज एक एकगरि धरापमा पर्दैछन्, अब यी सबै उपलब्धिहरुको रक्षा गर्नुपर्छ ।’ त्यस्तै उहाँले तीनवटै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने र संविधान संशोधनमार्फत सबैको स्विकार्यता बढाउनु पनि ठूलो चूनौति अहिले रहेको बताउनुभयो ।
सरकारले सुरुमै संविधान संशोधन र गाउँपालिका तथा नगरपालिकालगायतका स्थानीयतहको संख्या बढाई दिएको भए समयमै समस्या हल हुने थियो भन्दै अबपनि संविधान संशोधन मार्फत सबैको स्विकार्यता बढाउन ढिलाई गर्न नहुने यादवको भनाई थियो । त्यस्तै, यादवले तत्काल सरकारले मुद्दा फिर्ता र बन्दी रिहाई गर्न समेत माग गर्नुभयो ।
त्यस्तै उहाँले असमानता र विभेदको अन्त्य पनि चाँडै गर्नुपर्ने र आर्थिक समृद्धितर्फ सोच्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सयकडौं उद्योगहरु बन्द छन्, लगानी आउन सकेको छैन, लाखौं युवायुवतीहरु वैदेशिक रोजगारको लागि विदेश गएका छन्, त्यसैले अब मुलुकलाई शान्ति र समृद्धितर्फ लैजानुपर्छ, बन्द उद्योगहरु पूर्नसञ्चालन गर्नुपर्छ, कृषि, पर्यटन र जलश्रोतमा बढि ध्यान दिनुपर्छ ।’
प्रचण्ड नेतृत्वको माओवादीसँग तपाईको पार्टीले एकता गर्दैछ नि भनेर पत्रकारले गरेको एक प्रश्नमा उहाँले भन्नुभयोे, ‘एकताको संभावना त हुँदै हुँदैन भन्ने होईन नि, राजनीतिक दलहरु वीच वार्ता हुनु नौलो कुरा होईन ।’ यद्धपी यादवले अहिले नै पार्टी एकताको लागिकुनै कुरा नभएको स्पष्ट पानुभयो ।

No comments: