» » चुनाव सारेकोमा एउटा पत्रकारको आठ प्रश्नः यसको जवाफ कसले दिने ?

-श्यामसुन्दर यादव
प्रदेश नम्वर–२ मा मात्रै चुनाव सारेर सरकारले के गर्न खोजेको हो भनी आम मधेशी जनता सशंकित भएका छन् ।

  • मधेश भनेको सप्तरीदेखि पर्सासम्मको क्षेत्र मात्रै हो ? 
  • या अन्य प्रदेशको चुनाव सम्पन्न गरी अन्यत्रका सेना प्रहरी प्रदेश नम्वर–२ मा ल्याएर बन्दुकको नोकमा चुनाव गराउन खोजिने षडयन्त्र त होइन ? 
  • समस्याको निकास खोज्नुको साटो प्रदेश नम्वर–२ मा मात्रै चुनावको मिति सारिनुले देशमा रक्तपातको अवस्था त श्रृजना गर्न खोजिएको होइन ? 
  • अत्यधिक आन्दोलन हुने क्षेत्र भएका कारण सरकार डराएर यो भू–भागको चुनाव त सारेको होइन ? 
  • सरकार र ठूला पार्टीले मधेशलाई हेर्ने आँखामा दृष्टिदोष त छैन ?
  • मधेशवादी पाटीहरु तथा मधेशी जनता बीच नै द्वन्द्वको बीजारोपण गर्नकैलागि त यो षडयन्त्र भएको हो कि ? 
  • पटक–पटक मधेशी जनताको भावनालाई लत्याएर साँच्चिकै नेपालको राजधानी काठमाण्डौैसँगको दुरी त बढाउने काम भईरहेको छैन ? 
  • मधेशले पहाडलाई हेर्न आँखा र बुझाई तथा पहाडले मधेशलाई हेर्ने आँखा र बुझाईको परिणाम पो हो कि ?


 प्रदेश नम्वर २ मा मात्रै चुनाव किन सारियो, अन्य प्रदेशमा किन सारिएन रु सरकार र ठूलो दलले गरेको यस्तो निर्णय पश्चात मधेशी जनताले कुन बाटो अवलम्वन गर्ने रु यावत प्रश्नहरु आम जनता तथा बौद्धिक जमातका बीच बहसको विषय बन्न थालेको छ ।

काठमाण्डौमा बसेर मधेशमा चुनावको माहौल देख्ने, जनता चुनावमा जान लालायित रहेको बुझ्ने, केही व्यक्तिहरु स्वार्थसिद्धिकालागि पार्टी परिवर्तन गर्ने र चुनावकालागि दौडधुप गरेको गतिविधीबाट मधेशको मूल्यांकन गर्ने आँखाहरुले यो पनि बुझ्नु जरुरी कि चुनावमा होमिएका कुनै पनि पार्टी शीर ठाडो पारेर भय रहित वातावरणमा जनताको घरदैलोमा जान सकेको छैन ।

सानातीना पार्टी प्रवेश बाहेकको चुनावी माहौल अझैं बन्न सकेको छैन ।

समस्यालाई बल्झाउनु भन्दा समस्या समाधानको बाटोमा लाग्नु नै देश र राजनीतिक दलहरुकालागि श्रेयस्कर हुने कुरामा दुईमत छैन । वर्तमान अवस्थामा सबभन्दा बढी एमाले मधेश विरोधी भएको भनी मान्यता स्थापित भईसकेको छ ।

त्यसलाई चिर्नकैलागि भए पनि तथा सुच्चा राष्ट्रवादीको परिचय देखाउन संविधान संशोधनमा प्रमुख भूमिका निर्वाह गरेर देशलाई जोगाउनु जरुरी छ । नभए त्यसपछि दुरी यति बढीसक्छ कि पश्चाताप गर्नु वाहेक अर्को विकल्प शायद नरहन सक्ला ।

यदी यहि अवस्था रहि रह्यो भने मधेश भनेको दुई नम्वर प्रदेश मात्र होइन, तराई–मधेशका २२ जिल्लाका सम्पूर्ण मधेशी जनता एकतावद्ध भएर वैकल्पिक मार्ग अख्तियार गर्नु बाहेक अर्को उपाय रहँदैन । साथै राजपाका नेता महोदयहरुले सरकारको साक्षी बसेर जनतालाई धोकामा नराखी स्पष्टताकासाथ एकमत भएर अगाडि बढ्नु जरुरी छ ।

साथै मधेशका पत्रकार, प्राध्यापक, कानूनव्यवसायीलगायत वौद्धिक जमातको मौनता भङ्ग हुनु आवश्यक छ ।












About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..