» » राजेन्द्र महतोले भन्नुभयो, मधेशीको माँग सम्बोधन नगरी ज़बरदस्ती गराएको निर्वाचनको अर्थ रहँदैन

धनुषा जेठ २५ गते ।  राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले २०५२ सालमा माओवादीलाई लत्याए जस्तो देउवाले फेरी मधेशलाई लत्यायो भने देशमा फेरी अस्थिरता निम्तिने चेतावनी दिनुभयो।

जनकपुरको कपलेश्वरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाल लोकतान्त्रिक पार्टीका जिल्ला उपाध्यक्ष संजय चौधरी, राप्रपा का नेता बिक्रम पंजियार, युवा ब्यवसायी अमर पंजियार सहित सयौंजना राप्रपा, काँग्रेस, संघिय समाजवादी फोरम नेपाल पार्टी परित्याग गरी राजपा नेपालमा प्रेवेश गरेका छन् ।
नव प्रवेशीहरूलाई राजपाका नेता राजेन्द्र महतोले अबिर माला लगाकर पार्टी प्रवेश गराएका थियो।

कार्यक्रमलाई सम्बोंधन गर्दै राजेन्द्र महतोले मधेशीको माँग सम्बोधन नगरी ज़बरदस्ती गराएको निर्वाचनको अर्थ रहँदैन र देशमा झन द्वन्द बढ्ने बताउनुभयो।

महतोले भन्नुभयो, देउवाजीले एउटा गल्ती गरिसकेका छन् । ०५२ सालमा माओवादीलाई लत्याए जस्तो फेरी मधेशलाई लत्यायो भने देशमा फेरी अस्थिरता निम्तिनेु छ ।

मधेशको माग पुरा नगरी देउवाले चुनाव गरे माओवादी द्वन्द भन्दा बढ़ी देशले क्षती ब्यहोर्ने पनि उहाँले बताउनुभयो।

काठमाण्डौका संचार माध्यमहरूले मधेशमा चुनावको माहौल बनेको भनेर भ्रामक प्रचार गरिरहेको आरोप समेत उहाँले लगाउनुभयो ।

महतोले त्यस्ता संचार माध्यमहरूलाई  मधेशको धर्तीमा पाईला टेकेर हेर्न सुझाव दिदै उहाँले मधेशमा चुनावको नभई बिगत भन्दा पनि झनै कड़ा आन्दोलनको माहौल रहेको दाबी गर्नुभयो।

पार्टी प्रवेश कार्यक्रम राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको प्रमुख अतिथ्य तथा बिक्रम पंजियारको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमलाई राजपाका महासचिव सुरिता साह र राजीव झा, केन्द्रीय सचिव उपेन्द्र महतो र रितेश सिंह, केन्द्रीय प्रवक्ता लालकिशोर साह लगायतले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा केन्द्रीय सदस्य राम प्रसाद गिरी र बिभा ठाकुर, जिल्ला अध्यक्षमण्डलका अध्यक्ष संजय सिंह, देव कृष्ण मण्डल, सतीश लाल दाश, बिरेन्द्र यादव लगायतको उपस्थिति  थियो।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..