» » महन्थ, विजय र उपेन्द्रबीचको लुकामारी

अहिले दुई ध्रुवमा रहेका महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र विजयकुमार गच्छदार नेपाल लोकतान्त्रिक फोरमबीच पछिल्लो समय लुकामारी खेल भइरहेको छ । यसमा को मुसो को विरोलो त्यो त समयले बताउँने छ तर कोही विरालो भएर मुसोलाई च्याप समाउन खोजेको छ ।

हुन त संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विजयकुमार गच्छदारलाई मूसोको संज्ञा दिइसक्नु भएको छ तर त्यो प्रसंग बेग्लै थियो यो प्रसंग बेग्लैछ । सरकार ढाल्नमा माहिरको रुपमा गच्छदारलाई मुसाको संज्ञा त्यतिबेला दिनुभएको थियो तर अहिले कसले कसलाई आफ्नो लाइनमा ल्याउने भनि लुकामारी भइरहेको छ ।

राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र र गच्छदारलाई चुनाव छाडेर आन्दोलनमा आउन आग्रह गर्नुभएको छ भने ती दुईजना नेताले आन्दोलन र संघर्षलाई अहिले थाँति राखेर चुनावमा जाँदा नै बेस हुन्छ, चुनावमा आफू तीनै पक्ष सहकार्य गरेर चुनाव लडेपछि अरु दललाई परास्त गर्न सकिन्छ त्यसपछि शक्ति संचय गरेर आन्दोलनमा जाने भन्दै पटक पटक उहाँहरुले चुनावमा आउन आगं्रह गर्नुभएको थियो ।

जेठ ७ गते सानो ठिमीस्थित महन्थ ठाकुरको निवासमा भएको छलफलमा आन्दोलन तथा चुनावका रणनीतिको बारेमा पनि छलफल भएको थियो । अहिले जे जति गरेपनि वर्तमान सरकारले सविधान संशोधन गर्न सकिदैन, त्यसैले त्यसमा समय खेर फाल्नुभन्दा चुनावमा जाँदा नै राम्रो हुने तर्क वितर्कहरु पनि भएको थियो ।

उपेन्द्र यादव र विजयकुमार गच्छदार दुवैजनालाई महन्थ ठाकुरले कारवाही गर्नुभएको छ । विजयकुमार गच्छदारलाई मधेशी मोर्चाबाट कारवाही गरिएको थियो भने उपेन्द्र यादवलाई संघीय गठबन्धनबाट कारवाही गरि निकालिएको छ । दुईजनालाई कारवाही गरेर निकाले पनि मधेशमा शक्ति गठबन्धनको आवश्यकता परेका हुनाले नै महन्थ ठाकुर यी दुईजनासँग कुराकानी गर्नुभएको हो ।

एकसमय थियो, यही महन्थ ठाकुर र उपेन्द्र यादवले विजयकुमार गच्छदारलाई सरकारमा जानबाट रोक्नु भएको थियो तर पछिल्लो राजनीतिक घटनाक्रमले यस्तो मोडमा ल्याइ दिएको छ कि गच्छदार सरकारमा जान नचाहे पनि मोर्चाका नेताहरुले धकेलेर पठाउनुभयो ।

जेजस्तो भएपनि गच्छदार सरकारमा भएपछि मधेश तथा थरुहटको मुद्दा बारे केही नकेही छलफल हुने देखिएपछि जानी जानी गच्छदारलाई सरकारमा उहाँहरुले पठाउनु भएको हो । गच्छदार सरकारमा गएपछि तराई मधेश तथा थरुहटको हकमा केही नकेही काम भएको छ ।

 उहाँ गएपछि मधेश तथा थरुहट आन्दोलनमा भएको धनजनको क्षतिवापत १५ करोड क्षतिपूर्ति दिने निर्णय गराएको छ भने मधेश तथा थरुहट आन्दोलनको क्रममा मुद्दा लागेकाको मुद्दा फिर्ता लिने पनि निर्णय मन्त्रीपरिषद्बाट गराउन सफल हुनुभयो । त्यति मात्र होइन, उहाँकै पहलमा स्थानीय तहको सँख्या थप्ने निर्णय पनि गराउनु भयो । यी दुईटालाई सर्वोच्च अदालतले रोकेपनि विजयकुमार गच्छदारको पहलमा काम भएकै हो भन्ने कुरा राजपा नेपालका नेताहरुल्े पनि स्वकार गरेका छन् ।

महन्थ ठाकुरको निवासमा भएको छलफलमा मुद्दा फिर्ता र स्थानीय तहको सँख्या थप गरेको विषयमा सर्वोच्च अदालतले लगाएको रोकको बारेमा पनि कुराकानी भएको हो । यो बैठक बस्नुअघि पनि विजयकुमार गच्छदारसँग महन्थ ठाकुरको दुई पटक वार्ता र छलफल भइसकेको छ । स्थानीय विकास मन्त्रायमा भएको छलफलमा महन्थ ठाकुरले राजनीतिक पेचिलो बन्दै गइरहेको छ, साथ साथ नलडिए मधेशको मुक्ति असम्भव रहेको कुरा राख्नु भएको थियो ।

महन्थ ठाकुरले गच्छदारसँग मात्र होइन, उपेन्द्र यादवसँग पनि फोनमा पटक पटक कुरा गर्नुभएको छ । आन्दोलनमा साथ साथ जाने आफूलाई आश्वासन दिएको कुरा महन्थ ठाकुर स्वयंले बताउनुहुन्छ । राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले उपेन्द्र यादवले महन्थ ठाकुलाई फोन गरि आन्दोलनमा जाने आश्वासन दिएर आफै विश्वासघात गरेको आरोप लगाउनुभयो । यस विषयमा राजेन्द्र महतो र उपेन्द्र यादवबीच पनि फोनमा पटक पटक कुराकानी भएको स्रोतले जनाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..