» » रामग्राममा गोली चल्दा दर्जनौ आन्दालनकारी घाइते


नवलपरासी असार ३ गते । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको उम्मेदवार मनोयनयनको एक दिन अघि नवलपरासी सदरमुकाम परासीमा गोली चलेको छ ।

 प्रहरीले चलाएको गोली लागि तीन प्रदर्शनकारी घाइते भएका छन् । नवलपरासीमा प्रहरी र राजपाका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले रबरको गोली चलाएको हो ।

राजपा पार्टी नेपालको विरोध सभालाई राजापको संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र कार्यकर्ताबीच झडप भएपछि प्रहरीको रबर गोलीले ३ जना कार्यकर्ता घाइते भएका हुन् । राजपा नेपालका नेता नरसिह चौधरी र सुरेश गुप्ताको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

जिल्लाको सदरमुकाम परासीमा सभा चल्दै गर्दा सभा नजिक मध्यनेपाल यातायात व्यवासायी समितिको काउण्टरमा राखिएको एमाले पार्टीको टिसर्ट राजपाका कार्यकर्ताहरुले जलाउने क्रममा प्रहरी र राजपा कार्यकर्ताबीच झडप भएको हो ।

प्रहरी र कार्यकर्ताबीच भएको झडपलाई प्रहरीले नियन्त्रणमा लिनका लागि अनुमानित ३ राउड रबर गोली फायर गरेको छ भने आधा दर्जनभन्दा बढि आश्रुग्यास प्रहार गरेको छ ।

त्यस्तै प्रहरीले छोडेको अश्रु ग्यासका कारण भागदौडभा एक दर्जन कार्यकर्ताहरु घाइते भएका राजपा नवलपरासीले जनाएको छ । प्रहरीले झडपलाइ नियन्त्रणमा लिन अश्रु ग्यास फायर गरेपछि राजपाको सयांै कार्यकर्ता, पत्रकार र माधवअधिकार कर्मीहरु  नजिकको ३ वटा व्यवासयी सटरमा थुनिएका थिए । 

राजपा नेपालले जारी गरेको विज्ञप्ति अनुसार प्रहरीले चलाएको रबरको गाल िलागेर राजपा नेपालका नेता रामेश्वर कुशवाहालाई टाउको निधारमुनि मुखमा गोली लागेको भने नौजना घाईते भएका छन् ।
अश्रु ग्यासको धुँवा सहन नसकेपछि कार्यकर्ताहरु बाहिर निस्किने क्रममा प्रहरीले राजपा नवलपरासीका बरिष्ठ नेता हैदयर अलि सहित ३ जनालाई पक्राउ पनि गरेको छ ।

राजपा नेपालले विज्ञप्ति जारी गरि सरकारको यस कायरतापूर्ण दमनको राजपा नेपाल घोर भर्त्सना गरेको छ । यसले राज्यमाथि नियन्त्रण जमाएर बसेका सत्ता र विपक्षको जनता र लोकतन्त्रमाथि कुनै विश्वास नरहेको स्पष्ट भएको दावी गरेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..