» » एउटा पत्रकारले गरे मधेशको बारेमा खतरनाक विश्लेषण

-जितेन्द्रकुमार झा
पहिलो र दोश्रो संविधान सभा चुनावका बेला केही सशस्त्र समूहले गरेको चुनाव बहिष्कारको घोषणाका बाबजुद मधेशीहरुले जुन तत्परता र उत्साहका साथ मत खसाले त्यो सराहनिय थियो ।

मेरो विश्लेष्ण र बुझाई सहि छ भने यो स्थगन मधेशका कम्तीमा ११ देखि १६ जिल्लामा सरकारले गर्नुपथ्र्यो । संविधानसभा निर्वाचनको दृष्टान्त दिदै एक पक्षिय रुपमा राज्यसत्ता अगाडि बढ्न खोजे साच्चिकै दुर्घटना हुन्छ ।

सायद सरकार र निर्वाचन आयोग त्यतिबेलाकै आधारमा यसपालीको चुनावी व्याख्या तथा गृह प्रशासनले सुरक्षाको विश्लेष्ण ग¥यो र चुक्यो । त्यतिबेलाको मधेश संघियताका लागि, राज्यका निकायहरुमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वका लागि, गणतन्त्रणका लागि र आफ्नो संविधान आफै बनाउनका लागि सशस्त्र समुहहरुको विरोधका बीच संविधानसभा चुनावमा भाग लिए ।

तर अहिले अवस्था फरक छ । पहिलो कुरा यो संविधानसभाको चुनाव थिएन् र दोश्रो कुरा संविधानसभाबाट मधेशीले जे अपेक्षा लिएका थिए त्यो अपेक्षा पनि पुरा हुन सकेन् । जुन संविधानका लागि उत्साहपूर्वक मधेशीले मतदान गरे त्यसै संविधानलाई संशोधन गर्नुपर्ने माग मधेशमा लामो समयदेखि उठिरहेका छन् ।

जुन संविधानका लागि उत्साहपूर्वक मधेशीले मतदान गरे त्यसै संविधानलाई संशोधन गर्नुपर्ने माग मधेशमा लामो समयदेखि उठिरहेका छन् ।

यस्तो परिवेशमा मधेशीले उत्साह पूर्वक चुनावमा भाग लिन्छ भन्ने सोच्नु पनि एक प्रकारको भ्रममा आफ्नो मस्तिष्कलाई धकेलिनु हो ।


त्यस्तै खाले भ्रममा परेर सरकार, निर्वाचन आयोग, मुख्य राजनीतिक शक्ति, सुरक्षा संयन्त्र र गृह प्रशासनलाई अन्तिम समयमा आएर कम्तीमा ८ जिल्लाको निर्वाचन स्थगित गर्नु प¥यो र मेरो विश्लेष्ण र बुझाई सहि छ भने यो स्थगन मधेशका कम्तीमा ११ देखि १६ जिल्लामा सरकारले गर्नुपथ्र्यो । संविधानसभा निर्वाचनको दृष्टान्त दिदै एक पक्षिय रुपमा राज्यसत्ता अगाडि बढ्न खोजे साच्चिकै दुर्घटना हुन्छ ।

जुन दुर्घटना मुलुकको इतिहासले सधै भरी कालो अध्यायका रुपमा याद राख्नेछ । त्यसो पनि वर्तमान प्रधानमन्त्री शेरवहादुर देउवा ज्यूको प्रधानमन्त्रीको रुपमा इतिहास कालो अध्यायहरुले नै भरिएका रहेछन् । कहिले उहाँकै कार्यकालमा माओवादी जनविद्रोहको थालनि भएको थियो, कहिले उहाँकै कार्यकालमा पूर्व राजा ज्ञानेन्द्रले शत्ता कब्जा गरेका थिए र अहिले फेरी उहाँकै कार्यकाल हो । माता छिन्नमस्तासँग कामना गरौ कुनै दुर्घटना मुलुकमा फेरी नहोउन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..