» » राजपा नेपालका चौधरी पक्राउ

नवलपरासी असार ८ गते । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष गोविन्द चौधरीलाई आज प्रहरीले पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाउँदै नवलपरासी प्रहरीले चौधरीसहित ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले सदरमुकामबाट उपाध्यक्ष चौधरीसहित राजपा जिल्ला संयोजक पुरन चौधरी, राधेरामण पाण्डे, विजय अग्रहरी, ओमप्रकाश चौधरी र अभिमन्यू यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

उहाँहरुलाई परासी सदरमुकामको मञ्जरीया चोकबाट पक्राउ गरिएको हो ।

गाडी र मोटरसाईकलमा कालोझण्डा राखेर स्थानीयलाई डर धम्कीदिदैं निर्वाचन विरोधी कृयाकलाप सञ्चालन गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..