» » आन्दोलन तताउन राजपाका नेताहरु पश्चिमतिर

काठमाडौ असार ३ गते । सरकारले दुई नम्बर प्रदेशमा हुने चुनाव फिर्चा लिएपछि राष्ट्यि जनता पार्टी नेपालका नेताहेरु आन्दोलन तताउनका लागि पश्चिम नेपालतिर लाग्नु भएको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकर, राजेन्द्र महतो, अनिल कुमार झा, राजकिशोर यादव आजै १२ बजेको फलाइटबाट भैरहवा पुग्नु हुन्छ ।

भोली उम्मेदवारहरुको मनोनय दर्ता हुने कार्यक्रम रहेको छ । दुई नम्बर प्रदेशमा मनोनय नहुने भएकाले सो मनोनयनलाई रोक्नका लागि नेताहरु पश्चिम मधेशतिर लाग्नुभएको छ । उहाँहरु कफिवस्तु, नवलपरासी, रुपन्देही, कैलाली, कन्चनपुरसम्म आनदोलन चर्काउनु हुन्छ ।

बारा जिल्लामा रहनु भएका महासचिव जितेन्द्र सोनल पनि आजै भैरहवा जानु हुनेछ । दुई नम्बर प्रदेशमा खासै चुनावी गतिविधि नहुने भएकाले अब आन्दोलनलाई पश्चिम मधेशमा केन्द्रीत गर्नका लागि उता जान लागेको बताइएको छ ।

पाँच, छ र सात नम्बर प्रदेशको तराई मधेश क्षेत्रमा चुनाव हुन नदिने लक्ष्यका साथ सम्पूर्ण शक्ति उता केन्द्रीत गरेको छ ।

महेन्द्र राय यादव र शरतसिह भण्डारीलाई केही घरायसी काम परेका हुनाले एकदुई दिन पछि उहाँहरु पनि उतै जाने सो पार्टीले जनाएको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..