» » राजपाका नेता सिहको अप्रेशन सफल


काठमाडौ जेठ २१ गते । राष्ट्रिय जनता पार्टी नेपालका सहप्रवक्ता कृष्ण सिंह स्वास्थ्य उपचार गराएर घर फर्किनु भएको छ ।

मृगौलामा ढुगां देखिएपछि त्यसको अप्रेशनका लागि केही दिन पहिले अस्पताल भर्ना हुनुभएको थियो । हिजो सफलतापूर्वंक अप्रेशन भएपछि उहाँ आज घर फर्किनु भएको हो ।
कृष्ण सिहको मृगौलाबाट झिकिएको ढुगां
आठ महिना पहिले नै यसको असर देखिएको थियो तर उहाँले नियमित औषधी खाँदै जोगिदै आउनु भएको थियो । तर पाँच दिनअघि एकासि जोडले दुख्न थालेपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो ।

काठमाडौस्थित वयोधा अस्पतालमा डा.सजय खड्की र डा.निरज सिहले उहाँको अप्रेशन गर्नुभएको हो ।
दयाँ साइडको मृगौलामा चारवटा र बायाँ साइडको मृगौलामा दुईवटा मृगौलासहित जम्मा छवटा ढुगां अप्रेशन गरेर झिकिएको हो ।

उहाँ अहिले आफ्नै निवासमा डा.निरज सिंहका निगरानीमा स्वास्थ्य लाभ लिइरहनु भएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..