» » राजपा नेपालका को नेता कहाँबाट भए गिरफ्तार ?

काठमाडौ असार ४ गते । राजपा नेपाल नेतृत्वको संघीय गठबन्धनद्वारा हिजो मिति २०७४ असार ३ गते गरिएको लाठी जुलुश एवं आज गरिएको मधेश थरुहट बन्दको कार्यक्रम सफल रहेको राष्ट्रिय जनता पार्टी नेपालले गरेको छ ।

हिजो भएको लाठी जुलुशको कार्यक्रमको क्रममा नवलपरासीको परासी बजारमा आयोजित आमसभाको कार्यक्रममा राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्धारा सम्बोधन हुने समयमा प्रहरी द्धारा अन्धाधुन्ध गोली प्रहार, अश्रु ग्यास प्रहार तथा लाठी चार्जगरि दर्जनौं नेता एवं आमसभाका सहभागि कार्यकर्ताहरुलाई घाइते बनाइएको कार्य सुनियोजित, षडयन्त्रपूर्ण एवं राजपा नेपालका नेताहरुको हत्या प्रयास भउको अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले जानकारी गराउनुभयो ।

सरकारद्धारा गरिएको यस प्रकारको दमन कार्यको घोर भत्र्सना गर्दै अध्यक्ष यादवले घाइतेहरुको शीघ्र उपचार एवं पक्राउ परेकाहरुको रिहाईको माग गर्नुभएको छ ।

निर्वाचन आयोगद्वारा निर्धारीत गरिएको उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम भएपनि तराई–मधेशका जिल्लाहरुमा हिजो नै गोप्य रुपमा नामांकन पत्र निर्वाचन आयोगका कर्मचारीहरुद्वारा बुझि दर्ता गर्ने काम गरेको तथ्य खुल्न आएको दावी गरिएको छ ।

यसबाट निर्वाचन आयोगको विभेदकारी नीति एवं निर्वाचन कार्यक्रमको विश्वसनियताको उपहास भएको दावी राजपा नेपालले गरेको छ ।

हालसम्म सैंकडों मतदाता एवं प्रदर्शनकारीहरुलाई थुनामा राखी निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम संचालित गनुर्, लोकतन्त्रको आस्था एवं विश्वास माथी ठूलो आघात हो भएको अध्यक्ष यादवले बताउँदै भन्नुभयो, राजपा नेपाल, निर्वाचन आयोग एवं सरकारको यस अलोकतान्त्रिक कदमको घोर विरोध एवं भत्सर्ना गर्दछ ।’

महेन्द्र राय यादवले गराउनु भएको जानकारी अनुसार विभिन्न जिल्लाहरुमा हालसम्म गिरफ्तार गरिएका तथा आन्दोलनको क्रममा प्रहरीको बर्बर आक्रमणमा परी घाइते भएका राजपा नेपालका नेता तथा कार्यकर्ताहरुको अवस्था यस प्रकार रहेको छ ः


  • कैलाली जिल्लाको धनगढीमा सरिता चौधरी एवं फोनीराम चौधरी सहितका राजपाका नेताहरुलाई गिरफ्तार गरिएको छ ।



  • कंचनपुर जिल्लाका विभिन्न गाँउपालिका एवं नगरपालिकाहरुमा विरोध प्रदर्शनको कार्यक्रम जारी रहेको छ ।



  • बर्दियाको गुलरियामा राजपा नेपालको जिल्ला अध्यक्ष मण्डलको संयोजक, धनेश यादव सदस्य श्री सुरेश शुक्ला, किर्तिनाथ यादव, केशव यादव लगायतका नेता तथा कार्यकर्ताहरुलाई हिजो देखिनै गिरफ्तार गरि राखिएको ।



  • बाँके जिल्लाको नेपालगंजमा राजपा नेपालका जिल्ला अध्यक्ष मंडलका जिल्ला अध्यक्षहरु केशव राम वर्मा, लक्ष्मी नाराण वर्मा र फुल चन्द्र तिवारी, रामकुमार दिक्षीत, सुरेश कुमार बर्मा, मुन्नवर अलि हलवाई, अरुण कुमार तिवारी, राम गोपाल बर्मा, अब्दुल कादिर शेष, मनोज बर्मा, मो.रसुल साह, महमुद आलम सिद्धीकी, आनन्द दुला खान, राजेन्द्र कुमार गुप्ता सहित २० जना नेता एवं कार्यकर्ताहरुलाई हिजो देखिनै गिरफ्तार गरिएको छ । 



  • कपिलवस्तुको तौलिहवा, चन्द्रौटा एवं कृष्णानगर सहितको ठाँउमा बन्द रहेको र कपिलवस्तु जिल्ला कमिटिका अध्यक्ष मंडलका अध्यक्षहरु श्रीकालीपद शर्मा, रविदत्त मिश्र, अमृता अग्रहरी, रविन्द्रनाथ मिश्र, सन्तराम गुप्ता, बलराम तिवारी, राहुल सिंह सहित ११ जना नेताहरुलाई गिरफ्तार गरी राखिएको । कपिलबस्तु जिल्लाकै विजयनगर गांउपालिकामा राम प्रकाश चौधरी, बालजी चौधरी, सुर्य प्रकास चौधरी, फकरु मुशलमान लगायत ५ जना नेता तथा कार्यकर्ताहरु गिरपmतार गरिएका छन भने सत्यजीत चौधरी, ओम प्राकास कुर्मि, लाला लगायतलाई सख्त घाइते बनाइएकोछ । साथै कृष्णानगर न.पा.मा मंगलप्रसाद गुप्ता, इन्द्र बहादुर चौधरी, रामनरेश  चौधरी, रामराज चौधरी, आज्ञाराम हरीजन लगायत ६ जन गिरपmतार गरिएका छन ।



  • रुपन्देहीको भैरहवा, मर्चवार, पर्सा लगायतको ठाँउमा विरोध एवं बन्दको कार्यक्रम जारी रहेको  समाचार प्राप्त भएको छ ।



  • नवलपरासीमा हिजो राजपाद्वारा आयोजित आमसभामा प्रहरीद्वारा गरिएको बर्बर आक्रमणले गर्दा प्रहरीको गोलीले घाइते भएको आन्दोलनकारीहरुको अवस्था स्थिर रहेको र पार्टीद्वारा निर्धारित आजको कार्यक्रमलाई प्रभावित गर्नका लागी हालसम्म गोबिन्द चौधरी, पुुरण प्र.चौधरी सहित ३० जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ । साथै गैंडाकोटमा करम हुसैन लगायत ५ जना नेता तथा कार्यकर्तालाई गिरपmतार गरिएको छ ।



  • सुनसरीमा हालसम्म जिल्ला संयोजक डा. सि.एन पाठक, केन्द्रीय प्रवक्ता सन्तोष मेहता सहित ११ जनालाई गिरफ्तार गरिएको छ ।



  • मोरङ्गमा हाल सम्म जिल्ला संयोजक मो. कादिर, सत्यनारायण साह, महेश्वर यादव, राधा मण्डल, अश्मिता मल्लिक, राजकुमार राजबंशी, जगदीश अधिकारी, चन्द्र प्रसाद राजत्रबंशी, राजीव केसी, राधे कामत, रामानन्द साह, मुन्नी कर्ण, बि.पी.मण्डल, विजय दास, दानादेवी मण्डल, निलम देवी यादव,सारदानन्द दास  लगायत २० जनालाई गिरफ्तार गरिएको छ ।

  • सिरहामा राजपा नेपालका राकेश कृुमार झा, कृष्ण कुमार साह, मुकेश सर्मा सहितका ८ जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ ।



  • धनुषाको जनकपुरमा प्रहरीको लाठी चार्जमा जिल्ला संयोजक परमेश्वर साह, संजय सिंह, प्रमोद यादव केन्द्रीय सहमहामन्त्री सुरिता साह, केन्द्रीय सदस्य रिता झा,  बिन्दु ठाकुर, विभा ठाकुर, पुनम झा, चन्दा ठाकुर, रामजी राय, रितेश सिंह, सदाशिव मिश्र, लालकिशोेर साह, सुरेन्द्र मण्डल, माननिय दिनेश साह, भोगेन्द्र झा भोगी, धिरेन्द्र सिंह, सिताराम यादव, रेणु झा, अरुण झा, प्रमिला मण्डल, लक्ष्मी महतो, मोती कुमारी झा, आशा कुमारी झा, पुष्पा कुमारी  लगायत दर्जनौ नेताहरु घाइते भएको र ५० जना भन्दा बढी नेता कार्यकर्ताहरु गिरफ्तार गरिएको छ । साथै घाइतेहरु मध्ये रिता झाको अवस्था अति गम्भीर भई अस्पतालमा भर्ना गरिएको छ ।



  • पर्सा, वारा, रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लाहरुमा बन्द एवं आम हडतालको कार्यक्रम हालसम्म शान्तीपूर्ण रुपमा जारी रहेको छ ।



  • हालसम्म मोरङ्ग, सुनसरी, धनुषा, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली सहितका जिल्लाहरुमा ४५८ जना आन्दोलनकारीहरुलाई गिरफ्तार गरिएको छ ।
  • सप्तरीको. कठौनामा माधुरी साह, दिनेश यादव, ननु चौधरी तथा अताबुल मियां लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरुलाई गिरफतार गरिएको छ ।


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..