» » काँग्रेस, माओवादी र एमाले छाडेर फोरममा प्रवेश

रौतहट असार २ गते । संघीय समाजवादी फोरम, नेपाल रौतहटले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कााँग्रेस, एमाले, माओवादी र राजपा नेपाल नेताहरु पार्टी प्रवेश गरेको छ ।

पूर्व गाविस अध्यक्ष सनुप महतोको अगुवाईमा पाँचसय भन्दा बढी कार्यकर्ताहरु पार्टी प्रवेश गरेको सो पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले बताउनुभयो ।

पार्टीका महासचिव रामसहाय यादवले नेता सनुप महतोलाई फुलमालाले स्वागत गर्दै भव्य समारोहका बीच स्वागत गर्नुभयो ।

राम अवतार पंडितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यत्रय रामकिशोर यादव, बबन सिंह, योगेन्द्र राय यादव, बिन्देश्वर यादव , रेवन्त झा , जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल सहितको उपस्थिति रहेको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..