संघीय गठवन्धन
मिति ः २०७४ असार ४ गते
प्रेस विज्ञप्ति
१. मधेशी, थारु, आदिवासी–जनजाति, शिल्पी, मुस्लिम, आदिले समानता, स्वशासन, समानुपातिक समावेशिता, जनसंख्याको अनुसार प्रतिनीधित्वको अधिकार, पहिचान र समान नागरिक अधिकारका लागि उठाएका सवालहरुको संबोधन गर्नुको सट्टा सरकारले वर्तमान विभेदकारी संविधानको कार्यान्वयन भन्दै राज्यशक्ति र सुरक्षाबलको आडमा स्थानिय तहको निर्वाचन गराउने गरेको प्रयासको विरुद्ध सम्पुर्ण मधेश र थरुहटका आम जनता विरोधमा उत्रेका छन् ।
देशभरि हाल सम्म प्राप्त सुचना अनुसार ४५५ जना आन्दोलनकारी गिरप्mतार गरिएका छन् । रामग्राम नवलपरासीमा हिजो गोली प्रहार गरिएको छ ।
जनकपुर धनुषामा लाठी, अश्रुग्यास प्रहार गरिएको, कपिलवस्तुको तौलिहवा, विजयनगर, कृष्ण नगर, सप्तरीको कठौना, सिरहाको लहान, कैलालीको धनगढी, महोत्तरीको पिपरा लगायतका स्थानहरुमा शान्तिपुर्ण प्रदर्शनमाथि प्रहरी दमन र धरपकड गरिएको छ ।
यी सबै दमनका वावजुद राजपा नेपालको नेतृत्वमा आन्दोलनकारी साथीहरुले देखाएको साहसको पार्टी सराहना गर्दछ ।
२. शान्तिपुर्ण आन्दोलनकारीहरु माथि अश्रुग्यास, लाठी र गोलीको प्रहारले शासकवर्गको अलोकतान्त्रिक प्रवृत्ति र मधेशप्रति आन्तरिक औपनिवेशिक मानसिकता एकपटक फेरि उदाङ्गिएको छ । राजपा नेपाल नेतृत्वको संघीय गठवन्धन यसको घोर भत्र्सना गर्दै घाईतेहरुको शिघ्र उपचार र गिरप्mतार आन्दोलनकारीहरुको तत्काल निःशर्त रिहाईको जोडदार माँग गर्दछ ।
३. राजपा नेतृत्वको शान्तिपुर्ण आन्दोलन संविधानको संशोधन, मुद्दा फिर्ता, शहिद घोषणा, अपाङ्गको क्षेतिपुर्ती र जनसंख्याको आधारमा स्थानिय तहको निर्धारण नभए सम्म जारी रहने स्पष्ट गर्दछौं ।
आन्दोलनका आगामी कार्यक्रमहरु निम्नानुसार छ ः
क) २०७४ अषाढ ५ र ६ गते – उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन जनदवाव दिने र टोल टोलमा कालो झण्डा फहराउने ।
ख) २०७४ अषाढ ७ गते देखि ९ गते सम्म – निर्वाचन सम्वन्धी सबै गतिविधी र कार्यक्रमहरु अवरुद्ध गर्ने ।
ग) २०७४ अषाढ १० गते प्रत्येक जिल्लाको सदरमुकाममा अन्तरक्रिया गर्ने ।
घ) २०७४ अषाढ ११ गते माटरसाईकल रैली गर्ने ।
ड.) २०७४ अषाढ १२ र १३ गते मुस्लिम दाजु भाई दिदी वहिनीहरुको ईद पर्व भएको हुनाले उक्त दिन मधेश थरुहट वन्दको कार्यक्रम स्थगित गरिएको छ । र उक्त दिनमा “ईद” को शुभकामना आदान प्रदान गर्ने ।
च) २०७४ अषाढ १४ गते मधेश र थरुहट वन्द तथा आम हडताल कार्यक्रम यथावत राखिएको छ ।
............................
महेन्द्र प्रसाद यादव
अध्यक्ष
राजपा अध्यक्ष मण्डलको तप
No comments: