» » राष्ट्रिय जनता पार्टी नेपालको भविष्य सुनौलो छ

–डा.शरदसिह यादव
केन्द्रीय सदस्य, राजपा नेपाल 
डा.शरदसिह यादव राजनीतिकमा प्रवेश गर्नुभएको छ । वैशाख ७ गते गठन भएको राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ । सद्भावना पार्टीमार्फत पार्टीमा प्रवेश गर्नुभएका उहाँको पारिवारीक पृष्ठभूमि पनि सद्भावना पार्टी भएको हुनाले सोहीमार्फत राजनीतिकमा प्रवेश गर्नुभएको हो । पेसाले उहाँ भेटनरीको डाक्टर हुनुहुन्छ । विशालनगरमा उहाँको आफ्नै नीजि अस्पताल पनि रहेको छ । यति व्यस्तका वावजुद पनि उहाँ राजनीतिमा प्रवेश गर्नुभएको छ । उहाँका वुवा स्व.योगन्द्रप्रसाद यादव नेपाल सद्भावना पार्टीको जिल्ला अध्यक्ष १०–११ वर्ष लगातार रहनु भयो । उहाँका बुवा योगेन्द्र प्रसाद यादव जिल्ला उपसभापतिदेखि लिएर क्षेत्रपालसम्म बन्नुभएको थियो, जिल्लामा वुवाको योगदान र पहिचानलाई कायम राख्नका लागि पनि उहाँ राजनीतिकमा लाग्नु भएको पनि भनिन्छ । पढे लेखेका युवाहरु पनि राजनीतिकमा लाग्नु पर्छ भनि सोचका उहाँसँग सहारा टाइम्सका लागि गरिएको कुराकानीमो मुख्य अंशः 

कति राम्रो आफ्नो पेसा लाग्नु भएको थियो, राजनीतिमा लाग्नुपर्ने आवश्यकता किन पर्यो त ?
–जसले जे गरेपनि समाज परिवर्तनका लागि पोल्टिक्स नै चाहिन्छ, जहाँ गएर जेमा पनि पोल्टिक्स नै ठोकिन्छ । म आफ्नो पेसमा सन्तुष्ट छु तैपनि मधेशको राजनीतिकसँग भावनात्मक सम्बन्ध जोडिएको हुनाले म यसमा लागेको छु । मेरो बुवा पनि मधेशको राजनीतिक खासगरि नेपाल सद्भावना पार्टीको माध्यमबाट लामो समयसम्म राजनीतिक गर्नुभयो त्यसले पनि भावनात्मक सम्बन्ध जोडिएको छ भने मधेशका राजनीतिकमा पढे लेखेका युवाहरुको आवश्यकता छ । युवाहरु राजनीतिकमा चासो लिएन भने यो परम्परा ढंगको राजनीतिले देश निकास पाउन सक्दैन । त्यही भएर म पोल्टिक्समा प्रवेश गरेको हुँ । तर म पोल्टिक्समा प्रवेश गरेपनि म आफ्नो पेसालाई छाड्दिन । म आफ्नो पेसा र राजनीतिकलाई सँगसँगै अगाडि बढाउछु ।

यतिका दिन तपाई पोल्टिक्समा लाग्नु भएन अहिलेको समयलाई नै किन रोज्नुभयो त ?
–पहिलो कुरा त म पोल्टिक्सको नजिक पहिलादेखि नै थिए । हरेक कुरासँग अपडेट रहन्थे । तर यसरी औपचारिक रुपमै पार्टीमा लागेर राजनीतिक गर्ने सोच थिएन । तर पछिल्लो समय मधेशको पोल्टिक्सले जुन रुपमा आए त्यसले मलाई आकर्षित गर्यो । अलग अलग रहेका मधेशकावादी दलहरु एक भए त्यसले गर्दा म मधेशको पोल्टिक्सप्रति आकर्षित भए र सक्रिय पोल्टिक्समा लागे । पहिला मधेशवादी दलहरुको अलग अलग भएको कारण मधेशका त्यसको आलोचना भइरहेको थियो यता म पनि आफै त्यसको विरोधी थिए । मधेशवादी दलहरु अलग अलग रहेको कारणले राज्य पनि सुनिरहेको थिएन, त्यसले गर्दा मधेशको मुद्दा झन कमजोर हुँदै गइरहेको थियो र अधिकार पाउनका लागि समय लाग्यो । अब मधेशवादी दलहरु एक भएका छन्, यसले गर्दा मधेशमा मात्र होइन देशभरि सकारात्मक सन्देश गएको छ त्यसले गर्दा मलाई मात्र होइन धेरै यस्ता साथीहरु हुनुहुन्छ उहाँहरुलाई पनि मधेशको पोल्टिक्सप्रति आकर्षित गरेको छ ।

तपाई नेपाल सद्भावना पार्टी व्याकग्राउण्डबाट आउनु भएको छ, जब कि राजपामा विभिन्न ब्याकग्राउण्ड भएका दलहरु एकीकृत भएका छन् त्यसमा तपाई कसरी एडजस्ट गर्नुहुन्छ ?
–जतिपनि दलहरु एकीकृत भएका छन् ती दलहरुमा कुनै तात्विक फरक छैन । एकअर्काको विचार, सिद्धान्त र एजेण्डा मिल्दो जुल्दो छ । यी सबै मिलेकै कारणले पार्टी एकीकृत भएको हो । तपाई यी दलहरुको विधान, घोषणापत्र पढ्नु भयो भने त्यसमा खासै अन्तर पाउनु हुन्न । सबैको सोच र विचार एउटै देखिन्छ । त्यसमा पनि राजपाका थुप्रै नेताहरु हुनुहुन्छ । राजेन्द्र महतो, अनिल झा, ह्रदयश त्रपाठी, मनिष सुमन, रामनरेश राय यादवलगायतका थुप्रै नेताहरु हुनुहुन्छ त्यसले गर्दा मलाई एडजस्ट गर्न गाह्रो हुनेछैन ।

तपाई फरक पेसमाबाट आएको कारणले यो खिचातानीको राजनीतिकमा कसरी एडजस्ट गर्न सक्नुहुन्छ ?
–पेसले म पशु चिकित्सक हुँ, तर म समाजलाई बुझेको छ । नेपालको राजनीतिक बारेमा अलिकति जानकारी राख्ने गर्छु । मेरो फ्यामली ब्याकग्राउण्ड पोल्टिक्स भएका कारणले अलि अलि मधेशको राजनीतिक बारेमा पनि जानकारी राख्छु । यद्यपी सक्रिय पोल्टिक्समा नयाँ भएको कारणले केही अप्ठ्यारा पर्ला तर त्यहाँ एडजस्ट नै नगर्न गाह्रो हुनेछैन । सबभन्दा महत्वपूर्ण कुरा आर्थिक हो । आर्थिक अभावका कारण लाखौं युवाहरु विदेश पलायन भएका छन् । कतिले कमाएका छन् भने कतिपय गमाएर आएका छन् । कतिपय विदेशको जागिर छाडेर नेपालमा आएर तरकारी खेती, गाई पालन, खुकुरा पालन, बगुंर पालन गरेर महिनाको लाखौं रुपियाँ आम्दानी गरिरहेका छन् । अर्थात युवाहरुलाई जागरण गराउन आवश्यक छ । रोजगारी नपाएर थुप्रै युवाहरु तनाव छ, उनीहरुलाई देशप्रति बितृष्णा बढी रहेको छ । त्यसलाई रोक्ने काम गर्नुपर्छ । म अहिले जुन पेसमा छु, त्यहाँबाट पनि सक्ने जति गरेको छु । तर, देशका रोजगारी सृजना गर्ने, युवालाई सचेत गराउने काम जति पोल्टिक्सबाट सम्भव हुन्छ त्यति अरु ठाउँबाट सम्भव हुँदैन । र म राजनीतिकमा लाग्नुको उद्देश्य पनि त्यही हो ।

तपाई केही पहिलेसम्म फेसबुकमार्फत यही मधेशवादी दलमाथि रिस पोख्नु हुन्थ्यो, विभिन्न आरोप लगाएर आलोचना गर्नुहुन्थ्यो तर अहिले त्यही नेताको साथमा जानुभयो, त्यस्तो किन ? 
–स्वतन्त्र भएपछि कमेन्ट गर्न सजिलो हुन्छ । म केही पहिलेसम्म एउटा स्वतन्त्र व्यक्ति थिए । मैले त्यही अनुसार विश्लेषण गर्थे र फेसबुकमा लेख्थे तर अहिले एउटा राजनीतिक दल ज्वाइन गरेको छ । अब मेरो भूमिका फरक भयो । अब सधै कमेन्ट गरेर हुँदैन । जुन विषयलाई लिएर म कमेन्ट गर्थे त्यस ठाउँमा म आफै आएको छु । त्यसलाई सुधार गर्ने प्रयास गर्छु ।

तपाई जे कुरालाई लिएर कमेन्ट गर्नु हुन्थ्यो ती कुराहरुमा पनिवर्तन भएको छ कि छैन ?
–पक्कै पनि परिवर्तन भएको छ । म जहिले पनि मधेशवादी दललाई सत्ता स्वार्थको आरोप लगाउँथे तर चारवर्ष भयो । मधेशवादी दलहरु सरकारमा गएको छैन । यो धेरै ठूलो कुरा हो । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । मधेशवादी दल अलग अलग हुँदा म त्यसको आलोचक थिए अहिले त्यो पनि समाधान भएको छ । मधेशवादी दलहरु एक भएका छन् । यस्ता धेरै कुराहरु छन् जो मधेशवादी दलले परिवर्तन गरेका छन् । त्यही भएर मैले परिवर्तनको अनुभूति गरेर नै  पार्टीमा लागेको छु ।

तपाई जुन पार्टीमा जानु भएको छ, त्यो विल्कुलै नयाँ पार्टी हो, पार्टी गठन भएको एक महिना पनि पुगेको छैन, यो पार्टीको भविष्य कस्तो होला जस्तो लाग्छ ?
–यसको भविष्य मैले सुनौलो देखेको छु । विगतका गल्ती, कमिकजोरीहरु त्यागेर नै यो पार्टी गठन भएको हो । यसमा मैले कसैको केही स्वार्थ देखेको छैन । यदि स्वार्थ भएको भए यी दलहरु एक आपसमा कुनै पनि हालतमा मिल्ने थिएन । केही रियलाइजेसन गरेर नै यी पार्टीहरु एकीकृत भएर एउटा पार्टी बनेको हो । नत्र अलग अलग रहेका मधेशवादी दल पनि कुनै नकुनै रुपमा अस्तित्वमा थिए नै । संसदमा प्रतिनिधित्व पनि थिए । चाहेको भए मन्त्रालय पनि पाउन सकिन्थ्यो तर ती सबै त्याग गरेर मधेशवादी दलहरु एकीकरण गरेका छन् ती सबै पोजेटिभ कुरा हो ।

मधेशमा काम गर्नका लागि तपाईहरुले एउटा जुल फोरम पनि बनाउनु भएको थियो, केही कामहरु पनि गर्नुभयो, त्यसलाई पार्टीको रुप दिने कुरा पनि थियो त्यो छाडेर यो पार्टीमा आउनु भयो त्यस्तो किन ? 
–हो हामी केही साथीहरु मिलेर स्वभिमान मधेश गठन गरेका थियौं । त्यसबाट केही समाजिक कामहरु पनि गर्यौं । अहिले लुज फोरमकै रुपमा चलाउने र पछि पार्टीको रुप दिने योजना थियो । अहिले पनि लुज फोरमकै रुपमा कामहरु भइरहेको छ । म अझै त्यहाँ छु । स्वभिमान मधेशमा रहेका मलगायतका केही साथीहरु यो नयाँ पार्टीमा आएका छौ । एक्टीभ पोल्टिक्स गर्नेहरु यतातिर आएको छ । केही साथीहरु उतै हुनुहुन्छ ।

अहिलेको जुन तरल अवस्था छ, त्यसबेला नै तपाई पार्टीमा आउनु भएको छ, ती अवस्थामा तपाईले आफैलाई कसरी त्यसमा एडजस्ट गर्नुहुन्छ ? 
–हो ठिक भन्नुभयो तपाईले अहिले देशको जुन तरल अवस्था छ त्यसका लागि हामी जस्ता नयाँका लागि अप्ठ्यारो नै हुन्छ । हामी नयाँ मान्छे हौं, अहिलेको राजनीतिकमा धेरै घोचपेच भइरहेको छ, त्यसमा आफैलाई मिलाउन साँच्चै गाह्रो कुरा हो तर कहिले नकहिले एडजस्ट त गर्नै पर्छ । आज नभोली कहि नकहीबाट शुरुवात त गर्नुपथ्र्यो र यो शुरुवात नै हो । राजपामा रहेका अनुभवी नेताहरुसँग काम गर्दा मलाई लाग्छ त्यति अप्ठ्यारो पर्दैनन् होला ।

देशमा स्थानीय तहको चुनावको माहोल छ, यसको बारेमा के भन्नुहन्छ ?
–२० वर्षपछि हुन लागेको स्थानीय तहको चुनाव एउटा पर्वको रुपमा नै मनाउनुपर्छ तर हालसम्म हामी चुनावको पक्षमा छैनौ । मधेशी जनताले विगत १० वर्षदेखि उठाउँदै आएको माग पूरा भएको छैन । अहिले सविधान संशोधन गर्ने कुरा भएको छ । सविधान संशोधन गरेर मधेशको माग पूरा भए मात्र हामी चुनावमा भाग लिन्छौ नभए लिँदैनौ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..