» » गच्छदारको पार्टीले चुनाव बहिष्कार गर्दै राजपा नेपालको आन्दोलनलाई गरे समर्थन

परासी जेठ ३१ गते । नेपाल लोकतान्त्रिक फोरम पार्टीले पनि राजपाको आन्दोलनलाई समर्थन गर्दै नवलपरासी, रुपन्देही र कपिलबस्तु जिल्लामा हुने स्थानीय तहको निर्वाचनमा सहभागि नहुने निर्णय गरेको छ ।

लोकतान्त्रिकको तीन जिल्लाको संयुक्त बैठकले, मधेशको जायज माग पुरा नभएसम्म चुनावमा भाग नलिने निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा सरकारले मधेशी जनताको मागलाई दबाउदै बलजफती दोश्रो चरणमा स्थानीय तहको निर्वाचन गर्न खोजेको भन्दै मधेशका जायज माग पुरा गरि चुनावको सहज वातावरण बनाउन आग्रह गरिएको छ ।

सरकार मधेशको मागप्रति साकारात्मक नभएको निश्कर्ष निकाल्दै तिनवटै जिल्लाको संयुक्त बैठकले चुनावमा भाग नलिने र आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको नवलपरासी जिल्ला अध्यक्ष सुबाषचन्द्र गिरीले बताउनुभयो ।

तीनवटै जिल्लाको संयुक्त बैठकमा पार्टीका विभिन्न केन्द्रीय सदस्य एवं पुर्व राज्य मन्त्रीहरु समेत सहभागी थिए ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..