» » एसएलसी अर्थात एसइइकाे नतिजा सार्वजनिक

भक्तपुर अासार २ गते– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले रुपान्तरित एसएलसी माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । 

ग्रेडिङ सिस्टममा सार्वजनिक नतिजाअनुसार रेगुलरतर्फ चार लाख ४५ हजार ५६४ जनाले् दिएका थिए । त्यसमा छात्रतर्फ दुइ लाख २१ हजार ६८२ सहभागि थिए भने छात्रा दुइ लाख २३ हजार ८८२ रहेका थिए । त्यस्तै एक्जयाम्टेडतर्फ १६५७२ परिक्षार्थी सहभागी रहेका थिए । जसमा छात्र ६२१९ छात्रा १० हजार ३५३ रहेका थिए । 

रेगुलरतर्फ जिपएि ३.६५ देखि ४ सम्म ल्याउनेमा १२ हजार दुई सय ८४ छन् । त्यस्तै जिपिए ३.२५ देखि ३.६० ल्याउनमा ४२ हजार ४२७ रहेका छन् । त्यस्तै जिपिए २.८५ देखि ३.२० ल्याउने ५० हजार ६ सय ४६ रहेका छन् । 

एक्ज्याम्टेडतर्फ कसैले पनि जिपिए ३.६५ देखि ४ सम्म ल्याउन सकेनन । 

गत चैत ३ देखि १४ गतेसम्म एसईई परीक्षा सम्पन्न भएको थियो ।
स्राेत: राताेपाटी

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..