काठमाडौं असार ६ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग पैसा लिएर चुनावमा गएको आरोप लगाउने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता प्रमाण जुटाउन अझै नसकेको फोरम नेपालले जनाएको छ ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रेस संयोजक महेश चौरसियाले एक प्रेसनोट जारी गर्दै अध्यक्ष यादवको चरित्र हत्या हुने किसिमको राजपा नेता सुमनले लगाएको आरोप आज चौबिस घन्टा बढी भइसक्दा पनि उहाँले प्रमाण पेश गर्न नसकेको बताउनुभयो । जबकि, सुमनले सोमबार दिउँसो रिपोर्टर्स क्लबमा बोल्दै आफूसँग प्रमाण सुरक्षित रहेको दावी गर्नुभएको थियो ।
मनिषजी आरोप पुष्टि हुने प्रमाण खै त ? भनेर संचारकर्मीहरुले प्रश्न गर्दा उहाँले प्रष्ट जवाफ दिन सकेनन् । ‘उपेन्द्रजीसँग सार्वजनिक बहस गराउनुस्, त्यहीँ ठाउँमा प्रमाण दिन्छु’– सुमनले भन्नुभएको कुरा प्रेसनोटमा उल्लेख छ ।
यता फोरम नेपालका केन्द्रीय सचिव रत्नेश्वर लाल कायस्थले सुमनको आरोपलाई सस्तो लोकप्रियता र राजपा नेताको राजनीतिक विचलन भनेर टिप्पणी गर्नुभएको छ । ‘हामीले आरोप पुष्टि गर्न खुला चुनौती दिएका थियौंं । उहाँहरुसँग प्रमाण छ भने पेश गरे भैगो नि, कायस्थले भन्नुभयो ।
‘चौबिस घण्टा बितिसक्दा पनि आरोप पुष्टि गर्न नसक्नुले नै प्रमाणित हुन्छ, आरोप निराधार हो’– कायस्थले भन्नुभयो । आफ्नै नेताहरुको भीडमा हराएकाहरुले मिडिया आउन र सस्तो लोकप्रियताको लागि राजपा नेताहरुले गलत ढंगले आरोप प्रत्यारोपमा उत्रेको उहाँले टिप्पणी गर्नुभयो ।

No comments: