» » देउवालाई समर्थन गर्ने संकेतः देउवासँग राजपाले माग गरे लिखित सहमति

काठमाडौ जेठ २१–चुनाव बहिष्कारको आन्दोलनमा रहेका राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उधारो समर्थन गर्ने पक्षमा दखिएको छैन ।

पुरानै गठबन्धन भएपनि सरकारको नेतृत्व नयाँ व्यक्ति भएको हुनाले राजपा नेपालको मागप्रतिको धारणा स्पष्ट हुनुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।

सविधान संशोधन आफूहरुको बटमलाइन हो, त्योसँगै अरु कुन कुन माग पूरा गर्ने, त्यसको लागि के मार्गचित्र छ, त्यो समेत आफूहरुसँग लिखित सहमति भए मात्र देउवालाई समर्थन गर्ने कुरा हुने राजपा नेपालका महासचिव केशव झाले जानकारी गराए ।

११ वजे प्रधानमन्त्रीका लागि चुनाव हुने भनि राजपा नेपालका नेताहरु विहान नौ वजेदेखि नै बस्नुभएको थियो । तर एमालेका अवरोधका कारण ११ बजेको बैठक ३ बजेका लागि सरेपछि राजपा नेपालको बैठक पनि लम्बीएको थियो । प्रधानमन्त्री देउवाले लिखित सम्झौता गरेपछि मात्र उहाँलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निष्कर्ष निकालेको बताइएको छ ।

यद्यपी बैठकले कुनै निर्णय बाहिर गरेको छैन ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..