» » राजपा नेपालका नेताले गैरराजनैतिक अभिव्यक्ति दिएको डा.शिवजीको दावीको आरोप

काठमाडौं, असार ७ गते । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले आफ्नो पार्टी निर्वाचनमा भाग लिँदा राजपा नेपालका केही नेताहरुले गैर–राजनैतिक अभिव्यक्ति दिएको आरोप लगाउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘मनिष सुमनजीले आरोप लगाएको कुरा बाहिर आएको छ, तर यो गैर–राजनीतिक भाषा हो, यसले उहाँकै मुखमा छिट्टा पारेको छ ।’

यो निर्वाचनले सहमतिको वतावरण बनाएको दावी गर्दै यादवले निर्वाचनले राजनीतिमा सहमतिको लागि वातावरण सहज बनाउने र मधेशको समस्या समाधानमा सहयोग र्पुयाउने विश्वास दिलाउनुभयो । उहाँले निर्वाचनमा राप्रपा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग कार्यगत तालमेल हुन नसक्ने बताए ।

कार्यक्रममा राजपा नेपालका शीर्ष नेता रामनरेशराय यादवले राजपा नेपाल गठन भएपछि ठूला राजनीतिक दलहरुको जग हल्लिएर राजपालाई चुनावमा जान रोकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयोे, ‘राजपा नेपाल गठन भइरहँदाखेरि नै हामीविरुद्ध तानाबाना बुन्ने काम भएका छन, उनीहरुको जग हल्लिएको थियो, त्यही भएर चुनावमा हामीलाई जानबाट रोक्नको लागि बेरियर हाल्ने काम भएको छ ।’
उहाँले काठमाडौंमा बसेर कसैले यति भोट ल्याउँछौं वा उति भोट ल्याउँछौं भनेर कसैलेपनि ठूला कुरा गर्न नहुने भन्दै चुनावमा आफूहरुलाई जान दिएको भए सबै हिसाब किताब हुने थियो भनि दावी गर्नुभयो ।

उहाँले आफ्नो पार्टी मुद्दाबाट एक ईन्चपनि तलमाथि नहुने जिकिर गर्दै भन्नुभयो, ‘हामी हाम्रो मुद्दाबाट एक ईन्चपनि तलमाथि हुँदैनौं ।’ उहाँले राज्यले मधेशलाई विभेद गरेको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘विभेदले बिद्रोह जन्माउँछ र बिद्रोहले बिखण्डन जन्माउँछ ।’

उहाँले मधेसले निर्वतमान प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास गरेको तर प्रचण्डले आफूहरुलाई विश्वासघात गरेको आरोप लगाउनुभयो ।
उहाँले मधेसको समस्या समाधान नगरी चुनाव हुन नसक्ने र राजपाले भाग नलिने र असोजमा पनि हुन नदिने चेतावनी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा.बंशिधर मिश्रले सरकारले चुनाव नचाहेकै कारण प्रदेश नम्बर २ को चुनाव सारिएको आरोप लगाउनुभयो । उहाँ, ‘यो चुनाव सार्नुको कुनै औचित्य छैन्, चुनाव कुनैपनि हालतमा सार्नुहुन्थेन, सरकारले चाहेको भए चुनाव गर्न सक्दथ्यो ।’

उहाँले आफ्नो पार्टी संविधान संशोधनमा छ्लफल गराउन र गर्न तयार रहेको स्पष्ट पार्नुभयो । मिश्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले तीनै तहको निर्वाचन गराउन सक्छ्न या सक्दैनन भन्ने कुरा अझै शंका रहेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गराउनुपर्छ, समयमै निर्वाचन सम्पन्न गर्नको लागि त्यसको लागि चुनाबको क्यालेन्डर लिएर आउनु पर्छ ।’

उहाँले स्थानीय तहको निर्वाचनमा चुनाबी तालमेलले दीर्घकालीन रुपमा फाईदा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनावी तालमेलको संस्कार अत्यन्तै राम्रो छ, यसले फाईदा नै पुग्छ ।’

मिश्रले दोस्रो निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दावी प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिलो चरणको निर्वाचनमा पनि हामी पहिलो पार्टी बनेको र दोस्रो चरणको निर्वाचनमा पनि हामी नै पहिलो बन्छौं ।’
नेपाली काँग्रेसका नेता एवम निर्वतमान परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मंसिर अन्तिमसम्म प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरि सरकारले गृहकार्य सुरु गरेको बताउनुभयो ।

नेता महतले मंसिरसम्म सरकारले दुई वटै निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरि अहिलेदेखि नै तयारी सुरु गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुईवटा निर्वाचन छुट्टाछुट्टै गर्दा धेरै खर्चिलो र झन्झटिलो हुने भएकोले एकै चरणमा निर्वाचन गर्नुपर्छ भन्ने मेरोपनि पनि मान्यता हो, अहिले सरकारले त्यही अनुसार गृहकार्य सुरु गरिरहेको छ ।’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्मालेपनि प्रदेश र केन्द्रिय संसदको चुनाव मंसिरको अन्तिमसम्ममा एकै चरणमा गर्नुपर्ने र यसको लागि वर्तमान सरकारले गृहकार्य गरिरहेको बताउनुभयो ।
शर्माले मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको चुनाव एकै चरणमा गर्दा मुलुक र जनतालाई नै फाईदा हुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘समयको बचत भयो, पैसाको पनि बचत हुन्छ, मुलुकलाई भार पर्दैन, त्यसैले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ ।’

उहाँले तराई–मधेशको मुद्दा राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै भन्नुभयो, ‘मधेसको मुद्दा कुनै एक पार्टीको नभएर राष्ट्रिय मुद्दा हो, संविधानमा विभेद भएमा संशोधन गरेर जान सक्ने संविधानमा स्पष्ट छ, त्यसैले संविधान संशोधनमार्फत उहाँहरुको माँग पूरा गर्नको लागि सरकारले पहल गरिरहेको छ, तर चुनाव बहिस्कार गरेर पार्टीलाई फाइदा हुँदैन, बरु जनताबाट बहिष्कार भईन्छ ।’

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..