» » राजपा नेपालसँग कुरा मिलेन

काठमाडौँ, जेठ ३१ गते । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० सहित मुख्य तीन दल र राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संविधान संशोधन, स्थानीय तहको सङ्ख्यामा वृद्धि र राजपालाई निर्वाचनमा सहभागी गराउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बेलुका बसेको बैठक बिहीबार पुनःबस्ने गरी बिनानिष्कर्ष टुङ्गिएको हो ।

बैठकमा (एमाले) ले असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सार्न नहुने स्पष्ट धारणा राखेको नेकपा ९एमाले० का संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

“छलफल राजपालाई पनि चुनावमा सहभागी गराउने सम्भावनाका विषयमा नै केन्द्रित थियो, तर बिहीबार १० बजे बस्ने गरी टुङ्गिएको छ”– नेकपा (माओवादी केन्द्र) नेता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।

राजपाका नेता शरदसिंह भण्डारीले सबै राजनीतिक दललाई चुनावमा जाने वातावरण सिर्जना गर्नका लागि राजपाले स्पष्टसँग माग राखेको छ भन्नुभयो । नेता भण्डारीले अहिलेसम्म चुनावमा जाने वातावरण सिर्जना नभएको र वातावरण नभएमा दुर्भाग्यपूर्ण अवस्था हुने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री विमलेन्द्र निधि, ९एमाले० को तर्फबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, ९माओवादी केन्द्र० को तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरू वर्षमान पुन, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी राजपाका तर्फबाट नेताहरू महन्त ठाकुर, महेन्द्र राय यादव र शरदसिंह भण्डारीको सहभागिता रहेको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..