» » काँग्रेसका मेयर दाबेदार फोरम नेपालमा प्रवेश


सुनसरी जेठ ३१ गते । नेपाली काँग्रेस मधेश विरोधी रहेको आरोप लगाउँदै कांग्रेसका मेयर पदका बलियो दाबेदार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । सुनसरीको गौतमपुर गाउँपालिकाको अध्यक्ष पदका सक्षम दाबेदार नेपाली कांग्रेसका प्रभावशाली नेता हेम नारायण मेहता फोरम नेपालमा प्रवेश गर्नुभएको हो ।
काँग्रेससहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राजपा, राप्रपाका पनि सयौं कार्यकर्ताले आ–आफ्नो पार्टी परित्याग गरी फोरम नेपालले लिएको नीति, सिद्धान्त र अडानलाई समर्थन गर्दै पार्टीको सदस्यता लिनुभएको दावी फोरम नेपालले गरेको छ ।
नवप्रवेशी नेता कार्यकर्ताहरुलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फूलमालाले स्वागत गर्दै पार्टी प्रवेश गराउनु भएको हो ।
संघीय समाजवादी फोरम नेपाल सुनसरीले हरिनगराको गौतमपुरमा बुधबार आयोजना गरेको पार्टी प्रवेश एवं चुनावी सभामा मेहतासहित कांग्रेसका सयौं कार्यकर्ता फोरम नेपालमा प्रवेश गर्नुभएको हो । काँग्रेस परित्याग गरेका मेहतालाई फोरम नेपालले गौतमपुर गाउँपालिकाको अध्यक्षमा उठाउने चर्चा छ ।
गौतमपुर गाविसमा दुई पटक विजयी भइसकेका मेहता सुनसरीमा चर्चित एवं प्रभावशाली नेताको रुपमा चिनिनु भएको हो ।
यसैगरी, नेपाली कांग्रेसका नेता प्रवीण कुमार गुप्ता, सुनैनादेवी गुप्ता, इनूस अन्सारी, एमालेका चन्दादेवी मण्डल, माओवादी केन्द्रकी राधादेवी दास, राजपा नेताहरु किर्तन ठाकुर र दिलिप गुप्ता फोरम नेपालमा प्रवेश गर्नुभएको फोरम नेपालले जनाएको छ ।
पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका केन्द्रीय सचिव परशुराम बस्नेत, केन्द्रीय सदस्यहरु पद्म अधिकारी, शिवबहादुर बस्नेत र जिल्ला अध्यक्ष महेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..